प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु « Khabarhub

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ ।

अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी र  नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो ।

अस्पतालमा आयोजित कार्यक्रममा सेवाको उद्घाटन गर्दे मन्त्री पौडेलले हेर्दा सानोजस्तो देखिए पनि यो महत्त्वपूर्ण प्रयास भएको उल्लेख गरे ।

‘बाल मृत्युदर कम गर्न हामीले धेरै काम गर्न बाँकी छ,’ उनले भने,‘बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्त्वपूर्ण छ । ’

प्रसूति अस्पतालमा देशमै ख्याति कमाएको अस्पतालमा अरु सेवा पनि विस्तार गर्ने सोच मन्त्रालयको रहेको बताउँदै मन्त्री पौडेलले यो शुरुवात त्यसैको एक कडी भएको उल्लेख गरे ।

अस्पतालले २० शैय्या आइसीयु थप्न लागेको भन्दै मन्त्री पौडेलले यसले अति आवश्यक मातृ शिशुका लागि धेरै राहत दिने विश्वास गरे ।

मन्त्री पौडेलले अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै आफू मन्त्रालय आउनासाथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने घोषणा गरे ।

मन्त्री पौडेलले अस्पतालमा गर्भवती महिलाका लागि मासिक परामर्शसम्बन्धी वहिरंग सेवाको समेत उद्घाटन गरे । उनले भने, मातृशिशुको स्वास्थ्य सुधारका लागि कसरी सेवा बढाउन सकिन्छ हामी लागिरहेका छौं । सबै क्षेत्र मिलेर मात्र यो सम्भव छ । म यस क्षेत्रमा क्रियाशील सबैलाई सहकार्यका लागि आग्रह गर्दछु ।

मन्त्रालयका सचिव हरि मैनालीले अस्पतालको सेवा मातृ शिशु मृत्युदर घटाउन राम्रो थालनी भएको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताए ।

अस्पताल निर्देशक डा श्रीप्रसाद अधिकारीले अकाल मृत्यु बाट जोगाउने उद्देश्यले हाल परीक्षणका रूपमा सेवा थालेको भन्दै पाँच प्रकारका वंशाणुगत रोगको जन्मनासाथ परीक्षण र उपचार गरिने जानकारी दिए ।

देशमा २१ प्रतिहजार नवजात शिशुको मृत्यु दर रहेकामा यस्तो सेवा विस्तार गर्न सकिएमा कम गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : ०८ बजे

पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ

जलेश्वर– स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते

गगनले भने- सरकारकै योजनामा गाडी तेर्स्याइयो 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक

गगन थापाको निवासअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं– कांंग्रेस सभापति गगन थापाको निवास अगाडि तेर्स्याइएको गाडी प्रहरीले

सञ्चारगृह र पत्रकारलाई त्रसित पार्ने प्रयास निन्दनीय : उज्यालो नेपाल

काठमाडौं- उज्यालो नेपाल पार्टीले हिमालय टेलिभिजन, अनलाइनखबर तथा कान्तिपुर दैनिकको

सुहाङले भने- सरकारले मानवीय मर्यादा र बालबालिकाको भविष्यको बेवास्ता नगरोस् 

काठमाडौं– नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले कानुनको कार्यान्वयन गर्दा राज्यले