सुकुम्बासी बस्तीमा एमालेको राहत, कार्यकर्ताले उठाए बाढीको फोहोर « Khabarhub

सुकुम्बासी बस्तीमा एमालेको राहत, कार्यकर्ताले उठाए बाढीको फोहोर


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा एमाले युवा–विद्यार्थी विशेष जिल्ला कमिटीले गत साता आएको बाढी प्रभावित ललितपुरका स्थानीयलाई राहत वितरण गरेको छ ।

ललितपुर महानगरपालिका–२५ नख्खु किनारका भूमिहीन तथा सुकुम्बासी बस्तीका ३० परिवारलाई राहत वितरण गरिएको हो ।

प्रतिपरिवार एक बोरा चामल, दुई किलो दाल, एक प्याकेट नुन, एक लिटर तेल र एक प्याकेट चिउरा वितरण गरिएको हो ।

‘साथीहरू तथा पार्टीको शुभेच्छुकबाट संकलन गरेर पीडितको घाउमा मल्हम लगाउने प्रयास गरेका छौँ, यो ठूलै राहत होइन । तर तत्काल गाँससमेत नरहेको अवस्थामा पीडितलाई बाँच्न सहयोग मिल्छ’, जिल्ला कमिटीका उपाध्यक्ष सुदर्शन सिवाकोटीले भने ।

नेकपा एमाले युवा–विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्ज फेरिएसँगै जिल्ला कमिटी पनि सक्रिय भएका छन् ।

राहत वितरण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुशीला नेपाल केन्द्रीय सदस्य तथा युवा–विद्यार्थी जिल्ला कमिटी इन्चार्ज रमेश पौडेल, उपत्यका विशेष कमिटीका अध्यक्ष प्रेम पराजुली, नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषात्तम आचार्य, ललितपुर महानगर–२५ का वडाअध्यक्ष दौलत कुमार खत्री लगायत उपस्थित थिए ।

यसैबीच उक्त ठाँउमा तीन दिनदेखि युवा–विद्यार्थी विशेष जिल्ला कमिटिले बाढी प्रभावितको बस्तीमा सरसफाई तथा भग्नावशेष हटाउने काम गरेको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : २४ बजे

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका

चक्रवात ‘अर्नब’ले सडक सञ्जालमा ठूलो असर पारेन : मन्त्री लम्साल

काठमाडौं– वर्षाका कारण अवरुद्ध राष्ट्रिय राजमार्ग अन्तर्गत सन्धिखर्क- गोरुसिङ्गे सडक

नेपालका ६ थप हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल

काठमाडौं– संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’

एनपीएलमा लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा, कसले कति रन बनाए ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत छैटौं म्याच