मारवाडी सेवाबाट खोसियो धर्मशाला, अब पशुपति क्षेत्र विकास कोषले नै चलाउने « Khabarhub

मारवाडी सेवाबाट खोसियो धर्मशाला, अब पशुपति क्षेत्र विकास कोषले नै चलाउने


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रस्थित धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।

आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग पनि समन्वय गरी धर्मशालाको व्यस्थापन गर्न निर्देशन दिने निर्णय भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

परिषद् सदस्य एवम् काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको पनि उपस्थिति रहेको बैठकमा धर्मशाला ब्यवस्थापन गर्ने अधिकार कोषमै रहेको निष्कर्ष निकालिएको हो।

अब आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरिएको हो।

मारवाडी सेवा समितिले यसअघिको कररा बदर गरी पाऊँ भनि काठमाडौं जिल्ला अदालतमा पशुपति विकास कोषविरुद्ध मुद्दा हालेको थियो ।

अदालतले यही असोज १६ गते समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले नयाँ निर्णय गरेको हो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : ४२ बजे

विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

एजेन्सी– हालै सार्वजनिक एक अध्ययनले विश्वभरका साना जलाशयहरूको पानी भण्डारण

ककरोच जनता पार्टीको प्रदर्शनमा सोनम वाङचुकको समर्थन, दिल्लीमा सुरक्षा कडा

काठमाडौं– भारतको नयाँ दिल्लीस्थित ऐतिहासिक जन्तरमन्तरमा शनिबार ककरोच जनता पार्टी

दार्चुलामा रक्तदाता समूह पहिचान अभियान

दार्चुला– नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

खोटाङ- मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व हो : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा