मारवाडी सेवाबाट खोसियो धर्मशाला, अब पशुपति क्षेत्र विकास कोषले नै चलाउने « Khabarhub

मारवाडी सेवाबाट खोसियो धर्मशाला, अब पशुपति क्षेत्र विकास कोषले नै चलाउने


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रस्थित धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।

आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग पनि समन्वय गरी धर्मशालाको व्यस्थापन गर्न निर्देशन दिने निर्णय भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

परिषद् सदस्य एवम् काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको पनि उपस्थिति रहेको बैठकमा धर्मशाला ब्यवस्थापन गर्ने अधिकार कोषमै रहेको निष्कर्ष निकालिएको हो।

अब आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरिएको हो।

मारवाडी सेवा समितिले यसअघिको कररा बदर गरी पाऊँ भनि काठमाडौं जिल्ला अदालतमा पशुपति विकास कोषविरुद्ध मुद्दा हालेको थियो ।

अदालतले यही असोज १६ गते समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले नयाँ निर्णय गरेको हो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : ४२ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली