व्यापारीको गुनासो : सोचे जस्तो छैन व्यापार « Khabarhub

व्यापारीको गुनासो : सोचे जस्तो छैन व्यापार


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको सङ्ख्या भने पातलो छ ।

दशैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यस पटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ ।  उनी भन्छन्, ‘दुई/चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर   यसपाली व्यापार कम छ ।’

पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उनको भनाइ छ ।  यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ की भन्ने उनको झिनो आशा छ ।

दसैँमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्त्वपूर्ण लाग्छ । चिसो मौसम सुरु भएकाले उनी दशैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्छिन् । ‘आफ्नो भन्दा छोराछोरीलाई दशैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ’, उनले भनिन्।

ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यस पाली मूल घर सर्लाही नजाने बताउँछन् । बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए।

‘काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ’, उनले भने, ‘किनमेल पनि भर्खरै सुरु हुँदै छ ।’ उनले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताए। पर्वमा भारी छुट पाउने हुँदा उनलाई आवश्यक सामग्री किन मन पर्ने सुनाउँछन्।

काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैँमा किनमेलमा खासै जोड नदिएको बताइन् । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाइन् । गाउँ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालिको दसैँ मनाउने जाँगर चलेको छैन । दसैँ पनि काठमाडौँमै मनाउने योजना रहेको  सुनाइन् । ‘आफन्त सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी ?’, उनले भनिन् ।

भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए ।
कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उनको अनुभव छ । ‘मान्छेहरूको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन’, उनले सुनाए। राससबाट

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : २७ बजे

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको

तौललाई लिएर आलोचना गर्नेलाई कट्रिनाको जवाफ : आफैँ आफ्नो सबैभन्दा ठूलो समर्थक बन्नुपर्छ

काठमाडौं– अरूको नजरमा राम्रो देखिने दबाबभन्दा आफूलाई स्वीकार गर्नु महत्त्वपूर्ण

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्