जितुसँग नीतिको अभिनय अनुभव : काम गर्न सजिलो « Khabarhub

जितुसँग नीतिको अभिनय अनुभव : काम गर्न सजिलो


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका नीति शाहको दोस्रो फिल्म ‘घर ज्वाइँ’ असोज २४ गते फूलपातीबाट प्रदर्शनमा आउँदैछ ।

उनी उक्त फिल्ममा कलाकार जितु नेपाल ‘मुन्द्रे’को जोडीका रुपमा ‘लक्ष्मी’को भूमिका निर्वाह गरेकी छन् ।

प्रदर्शन मिति नजिकिएसँगै नीति अहिले फिल्मको प्रचारका व्यस्त छन् । उनले यस फिल्ममा जोडिँदाको सुरुवाती घटनाबारे खुलाएकी छन् ।

निर्देशक वसन्त निरौला यो फिल्मको कथा लिएर आफूसँग आएको नीतिले बताइन् । उनी थपिछन्, ‘स्क्रिप्ट सुनेँ, राम्रो लाग्यो । सुनेको २० मिनेटमा काम गर्ने सहमति जनाएँ ।’

फिल्मको कथा आफूलाई प्रस्ताव गरिएको पात्र वरपर घुम्ने भएकाले सहजै  अनुबन्ध भएको उनले खुलाइन् ।

जितुसँग उनको पहिलो सहकार्य हो । सिनियर भए पनि जितुले सहजीकरण गर्ने स्वाभावले फिल्ममा काम गर्न सहज भएको उनको बुझाइ छ ।

थप्छिन्, ‘उहाँ मभन्दा धेरै सिनियर हुनुहुन्छ । तर उहाँले आफू सिनियर हो जस्तो व्यवहार नै देखाउनु भएन । काम गर्न सहज भयो ।’

यस फिल्ममा भाषाका कारण आफूलाई केही समस्या भएको उनले अनुभव सुनाइन् । भन्छिन्, ‘मैले पात्रका लागि चाहिने ठेट लवजमै संवाद बोल्ने कोशिस गरेकी छु । केही समस्या भयो, तर प्रयास गरेकी छु ।’

यस फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ३२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको