जितुसँग नीतिको अभिनय अनुभव : काम गर्न सजिलो « Khabarhub

जितुसँग नीतिको अभिनय अनुभव : काम गर्न सजिलो


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका नीति शाहको दोस्रो फिल्म ‘घर ज्वाइँ’ असोज २४ गते फूलपातीबाट प्रदर्शनमा आउँदैछ ।

उनी उक्त फिल्ममा कलाकार जितु नेपाल ‘मुन्द्रे’को जोडीका रुपमा ‘लक्ष्मी’को भूमिका निर्वाह गरेकी छन् ।

प्रदर्शन मिति नजिकिएसँगै नीति अहिले फिल्मको प्रचारका व्यस्त छन् । उनले यस फिल्ममा जोडिँदाको सुरुवाती घटनाबारे खुलाएकी छन् ।

निर्देशक वसन्त निरौला यो फिल्मको कथा लिएर आफूसँग आएको नीतिले बताइन् । उनी थपिछन्, ‘स्क्रिप्ट सुनेँ, राम्रो लाग्यो । सुनेको २० मिनेटमा काम गर्ने सहमति जनाएँ ।’

फिल्मको कथा आफूलाई प्रस्ताव गरिएको पात्र वरपर घुम्ने भएकाले सहजै  अनुबन्ध भएको उनले खुलाइन् ।

जितुसँग उनको पहिलो सहकार्य हो । सिनियर भए पनि जितुले सहजीकरण गर्ने स्वाभावले फिल्ममा काम गर्न सहज भएको उनको बुझाइ छ ।

थप्छिन्, ‘उहाँ मभन्दा धेरै सिनियर हुनुहुन्छ । तर उहाँले आफू सिनियर हो जस्तो व्यवहार नै देखाउनु भएन । काम गर्न सहज भयो ।’

यस फिल्ममा भाषाका कारण आफूलाई केही समस्या भएको उनले अनुभव सुनाइन् । भन्छिन्, ‘मैले पात्रका लागि चाहिने ठेट लवजमै संवाद बोल्ने कोशिस गरेकी छु । केही समस्या भयो, तर प्रयास गरेकी छु ।’

यस फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ३२ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु