सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी « Khabarhub

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जाने सरकारलाई चेतावनी दिएको छ । बिगेसोले दशै‌ं-तिहारपछि देशैभरि आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

काठमाडौंमा  आइतबार पत्रकार सम्मेलन गरेर बिगेसोले सरकारलाई आन्दोलनको चेतावनी दिएको हो ।

सदियौंदेखि ब्रिटिस गोर्खा सैनिकहरुले समस्या खेप्दै आएको भन्दै आजभन्दा २० महिना पहिले सर्वोच्चले अन्यायपूर्ण प्रावधान हटाएर अरु सैनिक सरहको समान सेवा सुविधाका लागि पहल तथा कार्यान्वय गर्न नेपाल सरकारलाई आदेश दिएको थियो । बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बुले आफूहरुले अदालतको आदेश कार्यान्वयनका लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए ।

लिम्बुले यो आफूहरुको मात्रै चासोको बिषय नभएर देशको राष्ट्रिय स्वाधीनता र मानव अधिकारसँग सम्बन्धित विषय भएको बताए । पछिल्लो समय गोर्खा सैनिकहरुलाई पनि गैरआवासीय नेपाली नागरिकको स्तरमा झार्नुले पनि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्न्त्रको गन्ध आएको उनले गुनासो गरे ।

बिगेसो प्रमुख सल्लाहकार एवं पूर्वसांसद परि थापाले सदियौंदेखि गोर्खाहरुलाई शासकहरुको निजी स्वार्थपूर्तिको हतियारका रुपमा बुझेको बताए । उनले भने, ‘तत्कालीन राणा, शाहदेखि अहिले गणतन्त्रसम्म पनि शासकहरुको सोच र ब्यवहार मानव तस्करकै रहेको छ तर अब यसलाई भत्काउनु पर्छ ।’

थापाले गोर्खा सैनिकहरुलाई बस्तुका रुपमा विदेशीले प्रयोग गरे पनि नेपालीले त्यसलाई भत्काएर समान सेवा र सुविधाको लागि पहल गर्नु पर्नेमा नगरेको आरोप लगाए । उनले भने,’हामीले नेपालका सम्बन्धित निकायदेखि राष्ट्रिय मानवअधिकार आयोगसमक्ष पनि अदालतको आदेश तथा सैनिकहरुको समस्याबारे जानकारी दिइसकेका छौं’, थापाले भने ।

बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बु

बिगेसोका कानुनी सल्लाहकार अधिवक्ता फणीन्द्र कार्कीले फैसला कार्यान्वयन गर्न नदिन ठूलो षड्यन्त्र भएको बताए । उनले भने, ‘नेपालको सर्वोच्च अदालतले राम्रो फैसला गरेको छ, त्यसलाई कार्यान्वयन गराउन हामी अन्तर्राष्ट्रिय निकायमा जान बाध्य हुनेछौं ।’

बिगेसो सिंगापुर विभाग अध्यक्ष पल बहादुर घर्तिमगरले गोर्खालीहरुलाई भरभराउँदो उमेरमा सैनिक बनाउने र सेवा,सुविधाबाट बञ्चित गरेर भविष्य बर्वाद पार्ने काम भएको बताए । उनले भारत, बेलायत र विशेष गरेर सिंगापुरमा मानव तस्करीकै शैलीमा गैरकानुनी रुपमा नेपाल सरकारले नै नेपालीलाई बिक्री गर्ने गरेको आरोप लगाउँदै भने, ‘हामीलाई बिक्री गरेर लग्नेले फाइदा खान्छन् तर समस्याबारे नेपाल सरकार चुइँक्क बोल्दैन ।’

बिगेसो सचिव ज्ञानबहादुर गुरुङले सञ्चालन गरेको सो पत्रकार सम्मेलनमा लेखक तथा बिगेसो सल्लाहकार रतन भण्डारी, बिगेसो उपाध्यक्ष मनिकुमार सुनुवार, प्रवन्धक सन्ताबहादुर गुरुङ, उत्तम कुमार सुनुवार, प्रमोद रोकालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : ४७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२