खाद्य कम्पनी र खुला बजारमा खसीबोकाको मूल्य उस्तै, च्याङ्ग्रा ८० रुपैयाँ सस्तो « Khabarhub

खाद्य कम्पनी र खुला बजारमा खसीबोकाको मूल्य उस्तै, च्याङ्ग्रा ८० रुपैयाँ सस्तो


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरेर खसीबोका र च्याङ्ग्रामा १०/१० रुपैयाँ छुट दिएर आइतबारदेखि बिक्री खुलाएको छ । कम्पनीले चाडपर्वका लागि भन्दै भित्र्याएको १५०० खसीबोका र ३०० च्याङ्ग्राको बिक्री सुरु गरेको हो ।

कम्पनीले चाडपर्वका बेला उपभोक्तालाई सहुलियतस्वरुप खसीबोका र भेडाच्याङ्ग्राको बिक्री खुलाएको हो । कम्पनीले भित्र्याएका खसीबोका जिउँदोको मूल्य प्रतिकेजी ६७० रुपैयाँमा १० रुपैयाँ छुट दिएर बिक्री गरेको छ । त्यस्तै, मुस्ताङको च्याङ्ग्रा प्रतिकेजी १२३० रुपैयाँमा १० रुपैयाँ छुट दिएर बिक्री भइरहेको छ ।

अर्थात्, कम्पनीले छुटपछि खसीबोका ६६० रुपैयाँ प्रतिकेजी र च्याङ्ग्रा १२२० रुपैयाँ प्रतिकेजीमा बिक्री गर्दै आएको हो ।

त्यस्तै, सहुलियतसँगै निजी व्यापारीहरूले पनि खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेका छन् । काठमाडौं उपत्यकाका खसी बजारहरुमा व्यापारीहरूले खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरिसकेका छन् ।

चौपाया बिक्री संघका अनुसार, यसपाली निजी व्यापारीहरूले दशैंका लागि ४१ हजार खसीबोका काठमाडौं भित्र्याउँदै छन् । ती खसीबोका विभिन्न खसी बजारमा व्यापारीहरूले बिक्रीका लागि भित्र्याएका हुन् ।

दशैंका बेला मासु खाने परम्पराका कारण खसीबोका तथा च्याङग्राको कारोबारसमेत बढी हुने गर्छ । आम उपभोक्ताले दशैंका लागि खसीबोका खरिद गर्ने र मासु खाने गर्छन् । यसपालिको दशैंमा भने खाद्य कम्पनी र बाहिर व्यापारीबाट खरिद गर्ने खसीबोको मूल्य उस्तै-उस्तै पाइएको छ ।

खाद्य कम्पनीले १० रुपैयाँ छुट दिएर खसीबोका प्रतिकेजी ६६० रुपैयाँमा बिक्री गरेको छ । उता, खसीबजारमा पनि खसीबोकाको मूल्य निर्धारण भई लोकल खसी ६६० देखि ६९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । बाहिर बजारमा व्यापारीबाट किन्दा र छुट लिएर किन्दा पनि मूल्य उत्ति नै पर्ने गरेको छ ।

खसीबोकाको मूल्य उस्तै भए पनि मुस्ताङको च्याङ्ग्रामा भने खाद्य कम्पनीबाट किन्दा ८० रुपैयाँ सस्तो हुने देखिएको छ । कम्पनीले  च्याङ्ग्रामा १० रुपैयाँ छुट दिएर १२२० रुपैयाँ प्रतिकेजीमा बेचेको छ भने खसीबजारमा व्यापारीहरूले च्याङ्ग्रा भने केही १३०० रुपैयाँ प्रतिकेजीमा बेचिरहेका छन् । बाहिर व्यापारीहरूबाट च्याङ्ग्रा किन्नुभन्दा खाद्य कम्पनीबाट खरिद गर्दा ८० रुपैयाँ सस्तो हुन गएको देखिन्छ ।

विगतका दशैंमा जस्तो खसीबोकाको बिक्री त्यति नभएको व्यवसायीहरूको गुनासो छ । ‘यसपाली खसीबोकाको कारोबार त्यति छैन, उपभोक्ताहरू पनि विगतका दशैंमा जस्तो खसी किन्न आउनुभएको छैन ।’ काभ्रेका खसीबोका व्यापारी सोभित लामाले भने । उनी दैनिक काभ्रेलगायतका जिल्लाबाट खसीबोका खरिद गरी ठुकुचास्थित खसीबजारमा ल्याएर बिक्री गर्ने गरेका छन् । आइतबार ठुकुचास्थित खसीबजारमा खसीबोका खरिद गर्नेहरूको भीड भने लागेको थियो ।

खसीबजारमा खसीबोका किन्ने र व्यापारीको मोलमोलाइ भइरहेको थियो । तर, व्यापारीहरूले भने सन्तोषजनक रुपमा खसीबोकाको बिक्री नभएको गुनासो गरेका थिए । ‘दशैंमा बढी मासुको खपत हुने गरे पनि यसपाली खसीबोका बिक्री गरेर नाफा गर्न सकिने अवस्था छैन ।’ उनले गुनासो गरे ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : ३६ बजे

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला