प्रधानमन्त्रीलाई माओवादीको पत्र – दशैंअघि नै बाढीपीडितकहाँ राहत पुगोस्, मंसिरभित्र आवास बनोस् « Khabarhub

प्रधानमन्त्रीलाई माओवादीको पत्र – दशैंअघि नै बाढीपीडितकहाँ राहत पुगोस्, मंसिरभित्र आवास बनोस्


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओावादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण तथा घटनालगत्तै खोज, उद्धार र राहतलाई व्यवस्थित गर्न आग्रह गरेको छ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बाढी पहिरोपछिको उद्धार, खोजी, पुनर्स्थापना र राहतलगायतबारे ध्यानाकार्षण गराएको हो ।

तत्काल गरिनुपर्ने कार्य र नीतिगत सुधारकाको सूची पनि प्रधानमन्त्री ओलीलाई बुझाइएको छ । नेता श्रेष्ठले पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिए ।

माओवादीले विपद् व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको स्पष्ट परेको छ ।

तत्काल गर्नुपर्ने कामहरूमा वेपत्ता नागरिकको खोजी, उद्धार र घाइतेहरूको नि:शुल्क तथा प्रभावकारी उपचारमा जोड दिन माओवादीले माग गरेको छ ।

त्यस्तै, झन्झटिलो प्रक्रिया छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडित जनताहरूलाई दसैँअघि नै बाढीपहिरो पीडितलाई राहत दिन पनि माओ‌वादीले सरकारलाई भनेको छ ।

चिसोबाट कठ्याङग्रिएर जनताको जिउधनको थप क्षति हुनबाट जोगाउन मंसिरभित्र अस्थायी आवासको व्यवस्था गर्न, बाढीग्रस्त क्षेत्रमा स्वास्थ्य चेकजाँच र खानाबस्नको उचित प्रबन्ध मिलाउन पनि माओवादीले सरकारालाई भनेको छ ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले विपदका् न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताए ।

उक्त अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : ५० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको