प्रधानमन्त्रीलाई माओवादीको पत्र – दशैंअघि नै बाढीपीडितकहाँ राहत पुगोस्, मंसिरभित्र आवास बनोस् « Khabarhub

प्रधानमन्त्रीलाई माओवादीको पत्र – दशैंअघि नै बाढीपीडितकहाँ राहत पुगोस्, मंसिरभित्र आवास बनोस्


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओावादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण तथा घटनालगत्तै खोज, उद्धार र राहतलाई व्यवस्थित गर्न आग्रह गरेको छ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बाढी पहिरोपछिको उद्धार, खोजी, पुनर्स्थापना र राहतलगायतबारे ध्यानाकार्षण गराएको हो ।

तत्काल गरिनुपर्ने कार्य र नीतिगत सुधारकाको सूची पनि प्रधानमन्त्री ओलीलाई बुझाइएको छ । नेता श्रेष्ठले पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिए ।

माओवादीले विपद् व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको स्पष्ट परेको छ ।

तत्काल गर्नुपर्ने कामहरूमा वेपत्ता नागरिकको खोजी, उद्धार र घाइतेहरूको नि:शुल्क तथा प्रभावकारी उपचारमा जोड दिन माओवादीले माग गरेको छ ।

त्यस्तै, झन्झटिलो प्रक्रिया छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडित जनताहरूलाई दसैँअघि नै बाढीपहिरो पीडितलाई राहत दिन पनि माओ‌वादीले सरकारलाई भनेको छ ।

चिसोबाट कठ्याङग्रिएर जनताको जिउधनको थप क्षति हुनबाट जोगाउन मंसिरभित्र अस्थायी आवासको व्यवस्था गर्न, बाढीग्रस्त क्षेत्रमा स्वास्थ्य चेकजाँच र खानाबस्नको उचित प्रबन्ध मिलाउन पनि माओवादीले सरकारालाई भनेको छ ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले विपदका् न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताए ।

उक्त अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : ५० बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था