इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण « Khabarhub

इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दमास्कस– इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापूमा रहेको एउटा तेल सुविधाको भ्रमण गरेका छन् ।

इरानले यस साता आफ्नो कट्टर शत्रुमाथि क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले ‘जवाफी कारबाहीको तयारी गरिरहेको’ एक इजरायली अधिकारीले बताएपछि यो भ्रमण भएको हो ।

सेप्टेम्बर २७ मा बेरुतमा भएको आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह र इरानी जनरल अब्बास निलफोरोसनको मृत्युको बदला लिन दुई सय क्षेप्यास्त्र प्रहार गरिएको इरानको रिभोल्युसनरी गार्ड कप्र्सले बताएको थियो ।

पाकनेजादले बिहान खार्ग टापूको तेल सुविधामा पुगेर कर्मचारीहरूसँग भेट गरेको उनको मन्त्रालयको समाचार एजेन्सी शानाले बताएको छ ।  ‘हामी हाम्रा शत्रुहरूले सङ्कट उत्पन्न गर्नेछन् भन्ने कुराले डराउँदैनौँ र यस क्षेत्रको भ्रमण एउटा सामान्य व्यावसायिक भ्रमण हो’, उनले सरकारी टेलिभिजनमा भने ।

खाडीमा अवस्थित खार्ग टापू इरानको सबैभन्दा ठूलो कच्चा तेल निर्यात टर्मिनल भएको स्थान हो ।

इरानले मंगलबार आफ्नो क्षेत्रमा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको इजरायलको घोषणापछि पाकनेजादको भ्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इरानका तेल सुविधाहरूमा सम्भावित आक्रमणबारे इजरायलसँग ‘छलफल गरिरहेको’ बताएका थिए । उक्त भनाइपछि तेलको मूल्य बढेको थियो ।

तर शुक्रबार बाइडेनले इजरायललाई इरानका तेल सुविधाहरूमा आक्रमण नगर्न बरु ‘अन्य विकल्प’ खोज्न आग्रह गरेका थिए ।

इजरायली धम्कीपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार इजरायलले इरानमाथि आक्रमण गरे ‘इरानबाट समानुपातिक र समान प्रतिक्रिया हुने र अझ बलियो’ हुने चेतावनी दिएका थिए  ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : ५८ बजे

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको