एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो « Khabarhub

एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान देव खनाललाई कर्णाली याक्सले किनेको हो ।

आइतबार भएको अक्सनमा खनाललाई कर्णालीले १० लाखमा किनेको हो । कर्णाली याक्स फ्रेन्चाईजीको मार्की खेलाडी सोमपाल कामी रहेका छन् ।

उता एनपीएलका लागि नै नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिमका अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् ।

आइतबार भएको अक्सनमा कुमाललाई ७ लाख ५० हजारमा सुदूरपश्चिमले किनेको हो ।

यस अघि सुदूरपश्चिमले ब्याट्सम्यान आरिफ शेख र बलर अविनाश बोहोरालाई पनि किनेको थियो ।

सेखलाई उच्चतम मूल्य १५ लाख सुदूरपश्चिमले किनेको छ भने डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरालाई सुदूरपश्चिमले १२ लाखमा किनेको छ।

सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ८ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया