एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो | Khabarhub Khabarhub

एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान देव खनाललाई कर्णाली याक्सले किनेको हो ।

आइतबार भएको अक्सनमा खनाललाई कर्णालीले १० लाखमा किनेको हो । कर्णाली याक्स फ्रेन्चाईजीको मार्की खेलाडी सोमपाल कामी रहेका छन् ।

उता एनपीएलका लागि नै नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिमका अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् ।

आइतबार भएको अक्सनमा कुमाललाई ७ लाख ५० हजारमा सुदूरपश्चिमले किनेको हो ।

यस अघि सुदूरपश्चिमले ब्याट्सम्यान आरिफ शेख र बलर अविनाश बोहोरालाई पनि किनेको थियो ।

सेखलाई उच्चतम मूल्य १५ लाख सुदूरपश्चिमले किनेको छ भने डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरालाई सुदूरपश्चिमले १२ लाखमा किनेको छ।

सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ८ : ०२ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३