खुर्कोटमा बेलिबृज जडान सुरु « Khabarhub

खुर्कोटमा बेलिबृज जडान सुरु


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ ।

सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बिपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न सेनाले बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले एक सय मिटर लामो पुलको रामेछापतर्फ आधा भाग बगाएपछि सडक आवागमन अवरुद्ध भएको हो । सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ ।

पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको बताइएको छ । पुल बगाएर सडक अवरुद्ध भएपछि उक्त पुल भएर रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई असहज अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ९ : २५ बजे

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम

दक्षिण सुडानमा विद्रोही आक्रमण, १५ जनाको मृत्यु

जुबा – दक्षिण सुडानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार विद्रोही लडाकूले गरेको

चोरीको माइक्रोबससहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंमा चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका

कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताले हराइरहेका छन् : शशांक कोइराला

बुटवल – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन