अमेरिकी निर्वाचनमा बमको धम्की : खराब मौसमले केही स्थानमा मतदानमा समस्या « Khabarhub

अमेरिकी निर्वाचनमा बमको धम्की : खराब मौसमले केही स्थानमा मतदानमा समस्या


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकी राष्ट्रपति पदका लागि जारी मतदानमा पूर्वी भागमा धेरै जसो मतदान सकिएका छन्। केही स्थानमा पानी र बम आक्रमणको त्रासदीको बिचमा पनि मतदान भइरहेको छ। प्रमुख ब्याटल ग्राउन्ड जर्जियामा भर्खरै मतदान सकिएको छ।

मिचिगन र जर्जियामा केही मतदान केन्द्रहरूमा बम पड्काउने धम्की पनि आएको जनाइएको छ। अमेरिकी गुप्तचर संस्था एफबिआईले जनाए अनुसार धम्की आउने मेलको स्थान ट्रयाक गर्दा रुस भएको थाहा भएको छ। विन्सकिन्सनमा पनि यसरी बम पड्काउने धम्की आएको थियो। यो धम्की एरिजोनामा पनि नआएको होइन।

लुसियानामा मौसमले निर्वाचनलाई असर गरेको थियो। कोलोराडो र मोनटाओमा पनि मौसमले प्रभावित छ। अमेरिकामा मंगलबार भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ।

पश्चिम भर्जिनियामा भर्खर आएको परिणाममा डोनाल्ड ट्रम्पले जित हात पारेका छन्। अहिलेसम्म भएको मत गणनाको आधारमा ट्रम्पले २३ इलेक्ट्रोल मत तथा कमला ह्यारिसले ३ मत पाएका छन्। इन्डियाना पश्चिम भर्जिनिया र केन्टुकीमा रिपब्लिकले सफलता पाएको हो भने भर्मोन्टमा डेमोक्र्याटले सफलता पाएको छ।

अहिलेसम्म ओहियो र उत्तर क्यारोलिनमा मतदान सकिएको छ भने जर्जियमा बम पड्काउने धम्कीका कारण मतदानको समय लम्ब्याइएको छ।

अहिलेसम्म कुल १६ राज्यमा मतदान सकिएको छ। पेनेसेल्भिनिया, विन्सकिन्सन,एरिजोना, मिचिगनमा भर्खरै मतदान सकिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ७ : ०५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस