अमेरिकी निर्वाचनमा बमको धम्की : खराब मौसमले केही स्थानमा मतदानमा समस्या « Khabarhub

अमेरिकी निर्वाचनमा बमको धम्की : खराब मौसमले केही स्थानमा मतदानमा समस्या


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकी राष्ट्रपति पदका लागि जारी मतदानमा पूर्वी भागमा धेरै जसो मतदान सकिएका छन्। केही स्थानमा पानी र बम आक्रमणको त्रासदीको बिचमा पनि मतदान भइरहेको छ। प्रमुख ब्याटल ग्राउन्ड जर्जियामा भर्खरै मतदान सकिएको छ।

मिचिगन र जर्जियामा केही मतदान केन्द्रहरूमा बम पड्काउने धम्की पनि आएको जनाइएको छ। अमेरिकी गुप्तचर संस्था एफबिआईले जनाए अनुसार धम्की आउने मेलको स्थान ट्रयाक गर्दा रुस भएको थाहा भएको छ। विन्सकिन्सनमा पनि यसरी बम पड्काउने धम्की आएको थियो। यो धम्की एरिजोनामा पनि नआएको होइन।

लुसियानामा मौसमले निर्वाचनलाई असर गरेको थियो। कोलोराडो र मोनटाओमा पनि मौसमले प्रभावित छ। अमेरिकामा मंगलबार भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ।

पश्चिम भर्जिनियामा भर्खर आएको परिणाममा डोनाल्ड ट्रम्पले जित हात पारेका छन्। अहिलेसम्म भएको मत गणनाको आधारमा ट्रम्पले २३ इलेक्ट्रोल मत तथा कमला ह्यारिसले ३ मत पाएका छन्। इन्डियाना पश्चिम भर्जिनिया र केन्टुकीमा रिपब्लिकले सफलता पाएको हो भने भर्मोन्टमा डेमोक्र्याटले सफलता पाएको छ।

अहिलेसम्म ओहियो र उत्तर क्यारोलिनमा मतदान सकिएको छ भने जर्जियमा बम पड्काउने धम्कीका कारण मतदानको समय लम्ब्याइएको छ।

अहिलेसम्म कुल १६ राज्यमा मतदान सकिएको छ। पेनेसेल्भिनिया, विन्सकिन्सन,एरिजोना, मिचिगनमा भर्खरै मतदान सकिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ७ : ०५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका