भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी  « Khabarhub

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी 


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए ।

अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन् ।

हाल उनले एक बिघामा भुइँकटहर लगाएका छन् । यसबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । वार्षिक एक लाख खर्च कटाउँदा १४ लाख रुपैयाँसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ ।

उनले भने, ‘भुइँकटहरको माग राम्रो छ बजारमा भनेको  मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही बिरुवा थप गरेको छु अर्को वर्ष आम्दानी अझै बढ्छ ।’

उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा एक सयदेखि एक सय पचास रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । भुइँकटहर लिन कतिपय व्यापारीहरू फर्ममै आइपुग्ने उनले बताए ।

अहिले सुनसरीको बराहक्षेत्रमा भुइँकटहरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनको भनाइ छ । उनका अनुसार बिरुवा बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ ।

उनले एउटा बिरुवालाई १० देखि २० रुपैयाँ सम्ममा बिक्री गर्दै आएका छन् । उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप ७७ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ९ : १० बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान