‘स्विङ स्टेट’मा ट्रम्पको पकड, नर्थ क्यारोलिनामा जिते « Khabarhub

‘स्विङ स्टेट’मा ट्रम्पको पकड, नर्थ क्यारोलिनामा जिते


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाका सातवटा ‘स्विङ स्टेट’मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पकड बनाएका छन् ।

ट्रम्पले अमेरिकाको स्विङ स्टेट नर्थ क्यारोलाइनामा जित निकालेका हुन् । यसका साथ उक्त राज्यका १६ इलेक्टोरल कलेज भोट मिलेको छ ।

अहिलेसम्म ट्रम्पले २३० इलेक्टोरल कलेज भोट ल्याइसकेका छन् । अमेरिकामा बहुमतका लागि २७० इलेक्टोरल कलेज भोट चाहिन्छ ।

सुरुवाती रुझानमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पछि पारेका छन् । ताजा अवस्थामा ट्रम्प २३० इलेक्टोरल भोटसहित अगाडि हुँदा ह्यारिस पनि २०५ इलेक्टोरोल भोटसहित पछ्याइरहेकी छन् ।

अमेरिकाको अर्को स्विङ स्टेट मिशिगनमा पनि मतदान सकिएको छ । त्यहाँको सुरुवती रुझानमा कमला ह्यारिसलाई अग्रता मिलेको छ । त्यहाँ अहिलेसम्म ८ प्रतिशत मत गनिएको छ ।

मिशिगन को वेन काउन्टी र वाश्टेनोभ काउन्टीका सबै भोट गनिएको छ । यो डेमोक्रेटिक पार्टीको गढ हो ।

अघिल्लो चुनावी नतिजामा मिशिगनमा सन् २०२० मा बाइडेन एक लाख ५० हजार मतका साथ जिकेका थिए । जबकि सन् २०१६ मा १० हजार भोटले ट्रम्पले जितेका थिए ।

अमेरिकी राज्य पेन्सिलभेनियामा आधाभन्दा धेरै मत गनिएको छ । अहिलेसम्म यहाँ ट्रम्प अगाडि छन् ।

अन्य राज्यको तुलनामा सबैभन्दा धेरै १९ इलेक्टोरल कलेज भोट पेन्सिलभेनियामा छ । यस्तोमा यस राज्यको जीत दुवै पार्टीलाई अहम छ ।

स्विङ् स्टेट्स अर्थात् प्रत्यासी देखेर समर्थन फेर्ने राज्यमा भिडन्त रोचक रहेकाले यिनै राज्यको परिणाम निर्णायक हुने विश्लेषण गरिएको छ ।

स्विङ स्टेट

भिस्कन्सिन
एरिजोना
नेभादा
नर्थ क्यारोलिना
जर्जिया
मिशगन
पेन्सिल्भेनिया

 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ११ : १५ बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र