‘स्विङ स्टेट’मा ट्रम्पको पकड, नर्थ क्यारोलिनामा जिते | Khabarhub Khabarhub

‘स्विङ स्टेट’मा ट्रम्पको पकड, नर्थ क्यारोलिनामा जिते


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाका सातवटा ‘स्विङ स्टेट’मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पकड बनाएका छन् ।

ट्रम्पले अमेरिकाको स्विङ स्टेट नर्थ क्यारोलाइनामा जित निकालेका हुन् । यसका साथ उक्त राज्यका १६ इलेक्टोरल कलेज भोट मिलेको छ ।

अहिलेसम्म ट्रम्पले २३० इलेक्टोरल कलेज भोट ल्याइसकेका छन् । अमेरिकामा बहुमतका लागि २७० इलेक्टोरल कलेज भोट चाहिन्छ ।

सुरुवाती रुझानमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पछि पारेका छन् । ताजा अवस्थामा ट्रम्प २३० इलेक्टोरल भोटसहित अगाडि हुँदा ह्यारिस पनि २०५ इलेक्टोरोल भोटसहित पछ्याइरहेकी छन् ।

अमेरिकाको अर्को स्विङ स्टेट मिशिगनमा पनि मतदान सकिएको छ । त्यहाँको सुरुवती रुझानमा कमला ह्यारिसलाई अग्रता मिलेको छ । त्यहाँ अहिलेसम्म ८ प्रतिशत मत गनिएको छ ।

मिशिगन को वेन काउन्टी र वाश्टेनोभ काउन्टीका सबै भोट गनिएको छ । यो डेमोक्रेटिक पार्टीको गढ हो ।

अघिल्लो चुनावी नतिजामा मिशिगनमा सन् २०२० मा बाइडेन एक लाख ५० हजार मतका साथ जिकेका थिए । जबकि सन् २०१६ मा १० हजार भोटले ट्रम्पले जितेका थिए ।

अमेरिकी राज्य पेन्सिलभेनियामा आधाभन्दा धेरै मत गनिएको छ । अहिलेसम्म यहाँ ट्रम्प अगाडि छन् ।

अन्य राज्यको तुलनामा सबैभन्दा धेरै १९ इलेक्टोरल कलेज भोट पेन्सिलभेनियामा छ । यस्तोमा यस राज्यको जीत दुवै पार्टीलाई अहम छ ।

स्विङ् स्टेट्स अर्थात् प्रत्यासी देखेर समर्थन फेर्ने राज्यमा भिडन्त रोचक रहेकाले यिनै राज्यको परिणाम निर्णायक हुने विश्लेषण गरिएको छ ।

स्विङ स्टेट

भिस्कन्सिन
एरिजोना
नेभादा
नर्थ क्यारोलिना
जर्जिया
मिशगन
पेन्सिल्भेनिया

 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ११ : १५ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो