डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भइसके : फक्स न्यूज « Khabarhub

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भइसके : फक्स न्यूज


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिले जारी ४८ राज्यको मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको कुर्सी सम्हाल्ने पक्का भइसकेको छ ।

ताजा अवस्थामा ट्रम्पले २६७ इलेक्टोरल कलेज भोट ल्याइसकेका छन् । उता डेमोक्रेटिककी पार्टीकी उम्मेदवार एवम् वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले २२६ इलेक्टोरल कलेज भोट ल्याएकी छन्।

चुनावी नतिजामा ट्रम्पले फराकिलो अग्रता बनाइरहँदा अब उनी बहुमत अर्थात् २७० पुग्न केबल ३ भोटनजिक छन् । अमेरिकामा हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटसहित जम्मा ५३८ इलेक्टोरल भोट छन् ।

यस्तोमा ट्रम्पनिकट चर्चित सञ्चारमाध्यम फक्स न्यूजले उनी विजयी भइसकेको जनाएको छ । फक्स न्यूजका अनुसार ट्रम्पले बहुमतको आँकडा पार गरेका छन् ।

ताजा अवस्थामा उनले २७७ इलेक्टोरल कलेज भोट ल्याएका छन् । उता कमला ह्यारिसको पक्षमा २२६ इलेक्टोरल भोट देखिएको छ ।

अब त्यहाँ ३५ इलेक्टोरल भोटको गणना हुन बाँकी छ । पूरै ३५ भोट कमलाको पक्षमा जाँदा पनि उनले बहुमत ल्याउन सक्दिनन् । केबल २६१ मात्रै हुन आउँछ ।

यसैबीच रिपब्लिकन पार्टीले सिनेटमा पनि ५१ अर्थात बहुमत सिट ल्याएको छ । १०० सिटको सिनेटमा डेमक्रेटिक पार्टीले ४९ सिट जितेको छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ५८ बजे

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक