पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी रहने « Khabarhub

पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी रहने


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । 

बुधबार दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

मंगलबार रत्नचोक हुँदै वाईचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरेको थियो ।

बुधबार जारी विज्ञप्तिमा भनिएको छ ‘संसदीय छानविन समितिले अनुसन्धान गरि सहकारीको बचत अपचलनमा लामिछानेको संलग्नता नरहेको भनेपनि सरकारले अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कुनै आधार नभएपनि म्याद थपेर हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए। 

 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १ : ११ बजे

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा