जितनजिक पुग्दा अर्को ‘स्विकङ स्टेट’मा पनि ट्रम्पको कब्जा ! « Khabarhub

जितनजिक पुग्दा अर्को ‘स्विकङ स्टेट’मा पनि ट्रम्पको कब्जा !


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा विजयी हुन लागेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ‘स्विङ स्टेट’मा पनि पकड बनाउँदै लगेका छन् ।

ट्रम्पले स्विङ स्टेटलाई डेमोक्रेट पार्टीको पकडबाट बाहिर राख्न सफल भएका हुन् । उनी नर्थ क्यारोलाइना र जर्जियापछि पेन्सिलभेनियामा पनि गतिलो जित निकाल्न सफल भएका छन् ।

पेन्सिलभेनियाको जितपछि उनलाई राज्यका सबै १९ इलेक्टोरल कलेज भोट मिलेको छ। यसका साथै उनको इलेक्टोरल कलेज भोटको आँकडाले २६७ छोएको छ । अब उनी बहुमतको २७९ को आँकडाबाट ३ भोटनजिक छन् ।

सीएनएनका अनुसार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनाव जित्ने केबल ३ भोट नजिक पुगेका हुन्। यदि उनले ३ भोट ल्याए भने २७० बहुमत आँकडासहित ह्वाइट हाउसको बाटोमा लाग्नेछन् । यसैबीच उनकी प्रतिद्वन्द्वी कमला ह्यारि २२६ इलेक्टरोल भोटमा छिन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १ : ०८ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित