कार्यकर्तालाई सम्बोधनमा ट्रम्पले गरे इलोन मस्कको प्रशंसा « Khabarhub

कार्यकर्तालाई सम्बोधनमा ट्रम्पले गरे इलोन मस्कको प्रशंसा

भने : हामी मिलेर अमेरिकालाई फेरि महान बनाउँछौँ


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति चुनावमा जीतनजिक पुगेपछि डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीका समर्थकहरूलाई  सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा आफ्नो परिवारका सदस्यप्रति आभार व्यक्त गरेका छन् ।

उनले चुनावमा आफ्ना लागि काम गर्नेहरूको मिहिनेत सम्झिँदै उनीहरूसँग पनि आभार व्यक्त गरेका छन् । यसैबीच उनले खर्बपति साथी इलोन मस्कको पनि नाम लिँदै खुसी व्यक्त गरेका छन् ।

ट्रम्पले सम्बोधनका क्रममा इलोन मस्कलाई आफूले माया गर्ने बताए । उनको समर्थनका लागि ट्रम्पले आभार व्यक्त गरे । ट्रम्पले मस्कको सञ्चार व्यवस्था स्टारलिङ्कलाई पनि सम्झिएका छन् ।

उनले त्यसक्रममा नर्थ क्रोयालाइनामा बाढी प्रभावितलाई मद्दतसँग जोडिएको कथा पनि त्यसक्रममा सुनाए । ट्रम्पले मस्कका कारण नै नर्थ क्यारोलाइनामा रिपब्लिकन पार्टीलाई जीत मिलेको दाबी गरे ।

ट्रम्पले समर्थकलाई सम्बोधनका क्रममा यस्तो जोश र उत्सव आफूले कहिल्यै नदेखेको पनि बताएका छन् । ट्रम्पले यस समयलाई शानदार भनेका छन् ।

‘मेरो जीत हरेक अमेरिकीको जीत हो। हामी अमेरिकालाई फेरि महान बनाउँछौँ । सबै स्विङ स्टेट पनि हाम्रो साथमा छन् । अब मेरो हर समय अमेरिकाका लागि हुनेछ । हामी मिलेर अमेरिकाको भविष्यका लागि काम गर्ने छौँ । यो जीत ऐतिहासिक र अविश्वसनीय रह्यो। अमेरिकाले मलाई अभूतपूर्व जनादेश दियो ।’

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १ : ४६ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा