४ अर्बमा ह्यात रेजेन्सी लुम्बिनी बन्दै  « Khabarhub

४ अर्बमा ह्यात रेजेन्सी लुम्बिनी बन्दै 


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लुम्बिनीमा ४ अर्बको लागतमा ह्यात रेजेन्सी लुम्बिनी बन्ने भएको छ । हयात होटल्स कर्पोरेसनले नेपालको चेन होलटको रुपमा रहेको ह्यातमा गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याउने भएको हो । 

काठमाडौँ सोल्टीमोडमा हयात प्यालेस होटेल ह्यातको होटेल चेनसँग आवद्ध रही सञ्चालनमा रहेको होटल नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्रान्ड हो । 

गोल्यान समूह अन्तर्गतको दोस्रो होटल कुल ११ एकड (८७.५ रोपनी) क्षेत्रफलमा फैलिएको छ । जसमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरूसमेत अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी लगायतका अन्य मनोरञ्जनका सुविधाहरू भएको गेल्यान ग्रुपले जनाएको छ । 

सन् २०२७ सम्ममा पूर्णरुपमा संचालनमा ल्याउने गरी निर्माण भइरहेको गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यानले जानकारी दिएका छन् ।

रूपन्देहीको दानव नदीको मनमोहक किनारमा निर्माणाधीन होटल बढी भ्रमण हुनेमध्ये एक तीर्थस्थल मायादेवी मन्दिर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा तथा बुटवल शहर र नेपाल भारत सीमाको नजिक रहेको छ । 

लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मलाई उजागर गर्न ह्यात विश्वभरका यात्रु र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा रहने ह्यातका भारत र दक्षिण पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौर बताउँछन् । लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहकार्य गर्ने राठौरको भनाई छ । 

उक्त होटल लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण चिन्ह बन्दै नेपालको पर्यटन उद्योग विकासमा प्रमुख योगदान गर्ने गोल्यान ग्रुपका अक्षय गोल्याले बताए । लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई समर्थन गर्नको लागि ध्यानपूर्वक होटल डिजाइन गरिएको समेत गोल्यानको भनाई छ ।

हयातको वर्तमान पोर्टफोलियोमा भारत र दक्षिण पश्चिम एशियामा ५२ होटलमा समावेश छ, जसमा ५० भारतमा र  नेपालमा २ रहेकोमा अन्दाज, अलिला, ह्यात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क ह्यात लगायतका नौ वटा ब्राण्डहरु रहेका छन् । 

हयातको विश्वभर ७८ देशमा १३ सय ५० भन्दा बढी होटेल, दक्षिण एसियामा ५ सय भन्दा बढी, नेपालमा सबैभन्दा पुरानो हयात रिजेन्सी २४ वर्षअघि खुलेको थियो । दोस्रो होटेल हयात प्यालेस होटेल सञ्चालनमा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  २ : ३९ बजे

रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म

काठमाडौं– तारन्तारको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र

सौर्य जहाज दुर्घटनामा तीन सन्तान गुमाएका पत्रकार खतिवडाको सरकारसँग गुहार : म गलत भए भनिदिनुस्, होइन भने पहल गरिदिनुस्

काठमाडौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा आफ्ना तीन सन्तान गुमाएका सञ्चारकर्मी

कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी