यी मुख्य ६ कारण, जसले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए ट्रम्प | Khabarhub Khabarhub

यी मुख्य ६ कारण, जसले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए ट्रम्प


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा राष्ट्रपतिको कुर्सी दोस्रो पटक डोनाल्ड ट्रम्पको हातमा पुगेको छ। सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेका ट्रम्प सन् २०२० मा हारेर पनि अहिले सत्तामा फर्किन सफल भएका छन् ।

अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा ट्रम्पले बहुमत अर्थात् २०७० इलेक्टरोल कलेज भोट पार गरिसकेका छन् । यस्तोमा ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको कुर्सी सम्हाल्ने पक्का भएको छ ।

उता डेमोक्रेटिककी पार्टीकी उम्मेदवार एवम् वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले २२६ इलेक्टोरल कलेज भोट ल्याएकी छन्। अमेरिकामा हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटसहित जम्मा ५३८ इलेक्टोरल भोट छन् ।

सन् २०२० मा हारेपछि अनेक कानुनी झमेलामा परेका ट्रम्पको यो जित चानचुने होइन । अनेक मुद्दामामिला र विवादबाट गुज्रिएर चुनाव प्रचारका क्रममा गोलीको शिकार हुनबाट जोगिएका उनले अन्तत: विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिका रुपमा पुनरागमन गरे ।

ट्रम्पको जितमा अनेक कारण छन् तर मुख्य ६ वटा कारणले उनी राष्ट्रपतिको कुर्सीमा फर्किन सफल भए । अमेरिकामा अवैध आप्रवासीको मुद्दा यस चुनावमा मतदाताबीच भावनात्मक मुद्दा बन्न पुग्यो ।

यस मुद्दालाई डोनाल्ड ट्रम्प जोडतोडका साथ उठाए । उनले वर्तमान राष्ट्रपति जो बाइडेन प्रशासनमाथि खुकुलो नीति अपनाएको र मानिसलाई मद्दतका नाममा देशको पैसा अन्य देशका लागि लुटाएको आरोप लगाए ।

ट्रम्पको यस जीतलाई ऐतिहासिक भनिएको छ । रिपब्लिकन पार्टीका ट्रम्पको भिडन्त डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिससँग भएको थियो ।

अमेरिकाको चुनावी इतिहासमा १३० वर्षपछि पहिलो पटक अघिल्लो चुनाव हारेर पनि पूर्वराष्ट्रपति सत्तामा फर्किन सकेको यो पहिलो घटना हो । ट्रम्पको जीतका कयौँ कारणमध्ये अमेरिकी मतदाताले व्यक्त गरेका मुख्य ६ वटाबारे यहाँ चर्चा गरिएको छ ।

अर्थव्यवस्था

राष्ट्रपति चुनावका क्रममा देशको अर्थव्यवस्थालाई मतदाताले पनि एक अहम मुद्दा भनेका थिए । कयौँ मतदातालले बाइडेनको कार्यकालमा अमेरिकी अर्थव्यवस्थामा धेरै उतार-चढाव देख्नुपरेको बताएका थिए ।

यहाँनिर महत्वपूर्ण कुरा के छ भने सन् २०२० मा ट्रम्प गएपछी जो बाइडेन राष्ट्रपतिका रुपमा आउँदा देशमा कोरोना महामारी सुरु भएको थियो । यस महामारीले विश्वलाई नराम्ररी प्रभावित गर्‍यो । यस क्रममा अमेरिकामा पनि उच्च स्वास्थ्य व्यवस्थाका बावजुद साढे ३ लाख भन्दा धेरै मानिसको ज्यान गयो ।

यस क्रममा आमजनताले आफ्नो आक्रोश बाइडेन प्रशासनमाथि पोखे । साथै ओरालो लागेको अर्थव्यवस्था उक्सिन धेरै समय लाग्यो । कोरोनाका कारण अमेरिकी अर्थव्यवस्थामा ठूलो क्षति हुन पाएन ।

आज पनि अमेरिकी अर्थव्यवस्था विश्वको एक नम्बर अर्थव्यवस्थाका रुपमा टिकिरहेको छ। ट्रम्पले आफ्नो भाषणमा अर्थव्यवस्थाको मुद्दा जोडतोडले उठाए । उनले आफ्नो कार्यकालमा अमेरिकी अर्थव्यवस्था विश्वसामु मजबुतीका साथ उभिएको पनि स्मरण गराए ।

महंगी

अमेरिकामा ट्रम्पको शासनपछि सत्तामा आएका जो बाइडेनलाई हैरान बनाएको मुख्य समस्या थियो महंगी । खाद्यान्न उत्पादनको कमीले भएको मूल्य वृद्धिबाट जनता पीडित थिए ।

तथ्यांकको कुरा गर्ने हो भने सन् २०२१ फेब्रुअरीदेखि महंगी उचाइमा पुगेको थियो । बाइडेनको कार्यकालका क्रममा महंगीको आँकडा सधैँ माथि रह्यो । खास कुरा भनेको खाद्यान्नमा महंगी बढे पनि बाँकी क्षेत्रतर्फको अर्थव्यवस्थामा ठूलो समस्या थिएन ।

अमेरिकामा सन् १९७० पछि वर्तमान समयमा सबैभन्दा महंगी त्यहाँका जनताले झेल्नुपरेको छ । यो यस्तो मुद्दा हो जसले हरेक अमेरिकीको चुल्हो प्रभावित हुन्छ । यस पटकको चुनावमा रिपब्लिकन उम्मेदवार ट्रम्पले लगातार यस मुद्दालाई जनताबीच उछालिरहे ।

उनले कयौँ मञ्चबाट बाइडेनको कार्यकाल र आफ्नो पहिलो कार्यकाल तुलना गर्दा आफूले उत्कृष्ट काम गरेको बताएका छन् । उनले आफ्नो कार्यकालमा महंगी रोक्न सकेको पनि दाबी गरेका छन् ।

बाइडेनको उमेर र नीति

अमेरिकी राष्ट्रपति पदका लागि भएको चुनावमा राष्ट्रपति जो बाइडेन पहिले आफैं दौडमा थिए । पार्टीको तर्फबाट उनैलाई मैदानमा उतार्ने निर्णय भएको थियो । तर करिब आधा चुनावी प्रचारका क्रममा बाइडेनको उमेरले डेमोक्रेटिक पार्टीको चुनावलाई असर गर्ने निष्कर्ष निकालियो । चुनावी बहसका क्रममा पनि बाइडेनले ट्रम्पसँग हारको सामना गर्नुपर्‍यो ।

पहिलो राष्ट्रपतीय बहसमा आक्रामक देखिएका डोनाल्ड ट्रम्पसामु बाइडेन एकदैम कमजो र फिका देखिए । त्यसपछि उनले पार्टीभित्रबाटै विरोधको सामना गर्नुपर्‍यो । पार्टीमा लगातार विरोध र चन्दाको पनि कमी हुन थालेपछि उनले अन्तत: राष्ट्रपतिको दौडबाट पछि हटेर कमला ह्यारिसलाई मैदानमा उतारे ।

ढिलोगरी कमलाको आगमन

जो बाइडेन पछि हटेपछि कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीले आफ्नो उम्मेदवार बनायो । जो बाइडेनले नै कमलाको नाम अघि सारेका थिए । कमला ह्यारिसले आफ्नोतर्फबाट सक्दो कोसिस पनि गरिन् । कमला आएपछिका चुनावी सर्भेमा उनको असर पनि देखियो । जुन सर्वेक्षण पहिले डोनाल्ड ट्रम्पतर्फ झुकेका देखिन्थे, कमला आएपछी परिस्थिति फेरिन थाल्यो ।

त्यहीकारण प्रतिस्पर्धा पनि धेरै कडा भएको थियो । सबै सर्भेमा दुवै नेताबीच कडा भिडन्त हुने अनुमान गर्न थालियो । यति मात्रै होइन, कमला ह्यारिसलाई त कतिपय सर्भेक्षणले जित दिलाउँदै नतिजा पनि सार्वजनिक गरे । तर जुलाईमा राष्ट्रपति उम्मेदवार बनेपछि कमला ह्यारिसका लागि यो यो धेरै ठूलो काम थियो । उनलाई सबै राज्यमा पुगेर मतदातालाई मनाउने काम चुनौतीपूर्ण थियो किनकि उनीसँग समय एकदमै कम थियो ।

उनले आफू एक उत्कृष्ट राष्ट्रपति साबित हुने विश्वास मतदातालाई दिलाउन भरपूर कोसिस गरिन् । एक दुई र्‍यालीमा त कमलाले कयौँ मतदातालाई आफ्नोबारेमा धेरै कुरा थाहा नभएको हुन सक्छ पनि भन्नु परेको थियो । कमलालाई यदि जोड बाइडेनलाई उम्मेदवार बनाएकै समयमा टिकट दिएको भए अहिलेको परिस्थिति फेरिन पनि सक्थ्यो ।

अवैध आप्रवासी

अमेरिकामा अवैध आप्रवासनको मुद्दा यस चुनावमा मतदाताबीच भावनात्मक मुद्दा बन्न पुग्यो । यस मुद्दालाई डोनाल्ड ट्रम्पले जोडतोडले उछाले, उठाए ।

उनले बाइडेन प्रशासनले लचिलो भइदिँदा अवैध आप्रवासी भित्रिएको बताए । त्यसका साथै मानिसलाई मद्दतका नाममा देशको पैसा अन्य देशलाई लुटाउने काम भइरहेको पनि आरोप लगाए ।

विदेशबाट लगातार आइरहेका मानिस र यसका कारण बद्लिएको देशको चित्रलाई ट्रम्पले कयौँ राज्यका मतदाताबीच चिन्ताको विषयका रुपमा प्रस्तुत गरे । मानिसहरूले अवैध आप्रवासीले ल्याएको समस्या ट्रम्पलाई सुनाए । जसलाई उनले चर्को रुपमा उठाए ।

ट्रम्पको सरकारका क्रममा यस मुद्दामा कडा रवैया अपनाएकोमा अमेरिकी नागरिकले मन पराएका थिए । तर यस मुद्दामा बाइडेनमाथि ढुलमुले रवैया अपनाएको आरोप लागिरह्यो । चुनवामा मतदाताले यस मुद्दाको सन्दर्भमा ट्रम्पलाई साथ दिए ।

विदेश नीति

चुनाव प्रचारका क्रममा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन उम्मेदवारले डेमोक्रेट्सको वर्तमान सरकार अर्थात् जो बाइडेनलाई विदेश नीतिमा सही कदम चाल्न नसकेको आरोप लगाए । कमला ह्यारिस यस सरकारमा उपराष्ट्रपति थिइन्।

यस्तोमा जब जब ट्रम्पले र्‍यालीमा यसबारे प्रश्न उठाउँथे तब तब कमला ह्यारिस यसबाट संकटमा परेको देखिन्थ्यो । कमला ह्यारिसले चुनाव प्रचारको अन्तिम क्रममा यसबारे बाइडेन प्रशासनभन्दा अलग नीतिसहित काम गर्ने बताउनु परेको थियो ।

ट्रम्पले बाइडेन सरकारमाथि जबरजस्ती विदेशको पनि खर्च धान्ने गरेको बताउँदै यसले देशको आर्थिक स्थितिमा दबाव परेको बताएका थिए । उनले रसियासँगको युद्धमा युक्रेनका लागि खर्बौँ डलर लगानी गर्दा अमेरिकी अर्थतन्त्रले दबाब महसुस गर्नुपरेको कुरा पनि चुनावी मैदानमा रहँदा उठाएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  २ : ५८ बजे

अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा

वासिङ्टन- अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको

कोशीका दर्जन सहकारीद्वारा बचतकर्ताको एक अर्बभन्दा बढी अपचलन

काठमाडौं- कोशी प्रदेशका एक दर्जन बढी सहकारीहरूले बचतकर्ताको एक अर्बभन्दा

रास्वपाले बिहीबारबाट उपनिर्वाचनका उम्मेदवार छान्न थाल्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि (बिहीबार) देखी स्थानीय तहको उपनिर्वाचन

भरुवा बन्दुकसहित एक जना पक्राउ

 कैलाली– कैलालीको गोदावरी नगरपालिका-४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : बेनीमा सात जना सडकापेक्षीको उद्धार

म्याग्दी– मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले