झिनो अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब बढी  « Khabarhub

झिनो अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब बढी 


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा पुगेको हो । आज ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच भएको छ । 

१२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३२० वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार २३८ पटक शेयर किनबेच भएको छ । 

३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

यस्तै १३ वटा समूहमध्ये ८ वटा समूह घटेको छ भने बाँकी ५ वटा समूह बढेको छ । सबैभन्दा बढी म्यूचुअल फण्ड समूह १.०९ प्रतिशतले बढेर २१.५५ विन्दुमा पुगेको छ । 

त्यस्तै, विकास बैंक ०.७३ प्रतिशतले, फाइनान्स ०.७९ प्रतिशतले, हाइड्रोपावर ०.४६ प्रतिशतले, ड्रेडिङ समूह ०.२९ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी होटल एण्ड टुरिजम ०.७५ प्रतिशतले घटेर ६८०७.९६ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक ०.१६ प्रतिशतले, लगानी ०.३७ प्रतिशतले, जीवन बीमा ०.१३ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशतले, लघुवित्त ०.०९ प्रतिशतले, निर्जीवन बीमा ०.८७ प्रतिशतले र अन्य समूह ०.१४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : १६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५