मोदीले ट्रम्पलाई भने- मेरो साथी ऐतिहासिक जितका लागि बधाई « Khabarhub

मोदीले ट्रम्पलाई भने- मेरो साथी ऐतिहासिक जितका लागि बधाई


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जीत तय भइसकेको छ। यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिइसकेका छन् ।

तर ट्रम्पले २७० इलेक्टरोल कलेज भोटसहित विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी नै छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

‘मेरो साथी डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनावी जीतका लागि हार्दिक बधाई। तपाईंले अघिल्लो कार्यकाललाई सफलतातर्फ अघि बढाउनु भएको थियो’, उनले भनेका छन्, ‘म भारत-अमेरिका सम्बन्ध र रणनीतिक साझेदारीलाई अझै मजबुत बनाउन हामीबीच सहयोगको आशा गर्दछु । आउनुस् हामी सबै मिलेर आफ्ना जनताका लागि अझै राम्रो काम गरौँ। वैश्विक शान्ति, स्थिरता र समृद्धिलाई हामी मिलेर अघि बढाऊँ ।’

ब्रिटिश प्रधानमन्त्रीको पनि बधाई

उता अमेरिकाको मुख्य साझेदारमध्ये एक ब्रिटिश प्रधानमन्त्री किर स्टार्मरले पनि जितका लागि ट्रम्पलाई बधाई दिएका छन् । भारतीय मोदीपछि किर स्टार्मरलाई बधाई दिने दोस्रो नेता भएका छन् । किर स्टार्मरले ट्रम्पको जीतपछि ब्रिटेन र अमेरिकाबीचको विशेष सम्बन्ध नयाँ अमेरिकी प्रशासनमार्फत पनि समृद्ध हुने बताएका छन् ।

लण्डनमा टेन डाउनिङ्ग स्ट्रिटद्वारा जारी एक वक्तव्यमार्फत स्टार्मरले भनेका छन्,  ‘तपाईंको ऐतिहासिक चुनावी जीतमा बधाई। म आउने वर्षमा तपाईंसँग मिलेर काम गर्न उत्सकु छु । सबैभन्दा नजिकको सहयोगीका रुपमा हामी स्वतन्त्रता, लोकतन्त्र र उद्यमको साझा साझा मूल्यको रक्षाका लागि काँधमा काँध मिलाएर उभिनेछौँ । विकास र सुरक्षादेखि नयाँ विकसित प्रविधिसम्ममा सहकायर्य गरेर आउने कयौँ वर्षसम्म एटलान्टिकका दुवैतर्फ ब्रिटेन-अमेरिकाको विशेष सम्बन्ध समृद्ध हुँदै जानेछ ।’

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : २३ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने