रास्वपाले बिहीबारबाट उपनिर्वाचनका उम्मेदवार छान्न थाल्ने « Khabarhub

रास्वपाले बिहीबारबाट उपनिर्वाचनका उम्मेदवार छान्न थाल्ने


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि (बिहीबार) देखी स्थानीय तहको उपनिर्वाचन हुने क्षेत्रमा उम्मेदवारको दरखास्त  दिन आव्हान गर्ने भएको छ । 

केन्द्रीय निर्वाचन संयोजन समितिमा संयोजक तथा रास्वपा सांसद गणेश पराजुलीका अनुसार समितिले भोलि सात वटै प्रदेशका सम्बन्धित जिल्ला र पालिकामा उम्मेदवार आव्हान गर्न अनुरोध गर्ने भएको छ ।  

‘उम्मेदवार आव्हान भएपछि इच्छुक साथीहरूले आंकक्षा राख्नुहुन्छ । त्यसपछि निर्वाचन परिचालन समिति र प्रदेश जिल्लाका नेताहरू बसेर कहाँ कसलाई उठाउने कसरी मिलाउने भन्ने छलफल हुन्छ । पराजुलीले खबरहबलाई भने, ‘सहमति नभएको अवस्थामा प्राइमरी कलेक्सन पनि हुन सक्छ ।’ 

पराजुलीका अनुसार स्वतन्त्र व्यक्ति बाहेक अरु पार्टीसँग रास्वपाले सहकार्य गर्ने छैन । 

निर्वाचन आयोगमा अनुसार हालसम्म ४१ स्थानमा निर्वाचन हुँदै छ । तर रास्वपाले ३९ स्थानमा मात्र उम्मेदवार दिन पाउँछ । दुई स्थानमा जिल्ला समन्वय समितिको निर्वाचन हुने भएकाले पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको रास्वपाले सो क्षेत्रमा उम्मेदवारि दिन पाउँदैन । 

रास्वपाले पहिलो पटक ०७९ को निर्वाचनमा प्रतिनिधि सभामा उम्मेदवार दिएको थियो । अहिले तिन तहको संरचना मध्ये रास्वपाको  प्रतिनिधि सभामा मात्र २१ सिट छ । प्रदेश र स्थानीय तहमा सहभागिता शून्य छ ।  

स्थानीय तहमाको केन्द्रीय निर्वाचन संयोजन समितिमा संयोजक पराजुलीसहित सांसदहरू शिशिर खनाल, हरि ढकाल, निशा डाँगी, विन्दवासिनी कम्साकार छन् । यस्तै कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य गणेश कार्की, विजय जैरु र कमल सुवेदी पनि सो समितिमा छन् ।

 उनीहरूले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने तथा ठाउँ ठाउँमा जिम्मेवारी लिएर निर्वाचनको तयारी गर्ने छन् । त्यसबाहेक प्रदेश र जिल्लामा पनि निर्वाचन परिचालन समिति बन्ने संयोजक पराजुलीको भनाइ छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ४ : ३५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर