दुई ठूला युद्धसहितका यी चुनौती कसरी पार लगाउलान् ट्रम्पले ? | Khabarhub Khabarhub

दुई ठूला युद्धसहितका यी चुनौती कसरी पार लगाउलान् ट्रम्पले ?


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । २७९ इलेक्टोरल कजेल भोटसहित उनले दोस्रो कार्यकाल राष्ट्रपति पद पक्का गरेका हुन् ।

उनीसँग प्रतिस्पर्धा गरेकी डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्टोरल कलेज भोट ल्याउन सकेकी छन् । उनी अमेरिकाकी वर्तमान उपराष्ट्रपतिसमेत हुन् ।

पहिलो कार्यकालमा उत्तर कोरियाली शासक किम जोङ उनसँग समेत सम्वाद गर्न भ्याएका ट्रम्पसामु अहिले जारी दुई ठूला युद्ध रोक्नुपर्ने मुख्य चुनौती छ ।

उनले चुनावी अभियानका क्रममा पनि रुस र युक्रेनबीच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने बताएका थिए । उनी अब यो युद्धलाई कसरी टुंग्याउने दिशामा काम गर्छन् प्रतिक्षाको विषय बनेको छ ।

रोचक त के छ भने सन् २०२२ फेब्रुअरी २४ देखि निरन्तर युद्ध चलिरहेको छ । उता मध्यपूर्वमा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि जारी युद्धले भीषण रुप लिइरहेको । यो युद्धमा अहिलेसम्म प्यालेस्टाइनको विद्रोही समूह हमास, लेबनानको लडाकु समूह हिजबुल्लाह, यमनको हुती र इरान पनि जोडिएका छन् ।

तर रोचक के छ भने यी दुवै युद्ध सुरु हुँदा ट्रम्प राष्ट्रपति पदमा थिएनन् । सन् २०१६ देखि २०२० सम्म पहिलो कार्यकाल राष्ट्रपतिका रुपमा ट्रम्पले काम गर्दा संसारमा कहीँ पनि ठूला युद्ध भएनन्। अमेरिकाले पनि कतै आक्रमण गरेन ।

तर उनलाई सन् २०२० मा जो बाइडेनले हराएर सत्ता सम्हालेपछि विश्व अहिले तेस्रो विश्वयुद्धको संघारमा छ । अब ट्रम्पसामु आफू सत्ताबाहिर हुँदा सुरु भएका संसारका दुई ठूला लडाइँलाई पूर्णविराम दिनुपर्ने चुनौती ट्रम्पलाई आइपरेको छ ।

रूस-युक्रेन संघर्ष र इजरायलको मध्य पूर्वमा आक्रमणलाई रोक्न सकेमा ट्रम्पको चुनावी वाचा पनि पूरा हुनेछ । अर्कातिर उत्तर कोरियाको परमाणु र ब्यालिस्टिक मिसाइल कार्यक्रमले पनि अमेरिकाको चिन्ता बढाएको छ । उत्तर कोरियाले अमेरिकासम्म प्रहार गर्न सक्ने अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल बनाइसकेको छ।

डोनाल्ड ट्रम्प यी ठूला मुद्दासँग कसरी सामनाका लागि तयार हुन्छन्, उनको दोस्रो कार्यकालको परीक्षा पनि यसैबाट हुनेछ । आगामी जनवरीमा सत्ता सम्हालेपछि ट्रम्पले चाल्ने सम्भावित कदमले पनि विश्वराजनीतिको दिशा र दशा प्रष्ट पार्नेछ ।

यदि ट्रम्पले रसियन राष्ट्रपति भ्लादिभिर पुटिनलाई युक्रेनसँगको संघर्ष समाप्त गर्ने दिशामा सम्झौता गराउन सके भने उनको सफलताको सुरुवात यहीँबाट हुनेछ ।

विश्वराजनीतिले ट्रम्प फेरि किम जोङ उनलाई वार्ताको टेबलमा ल्याउन सक्ने नसक्ने कुरालाई पनि नियालिरहेको छ । उता ताइवानलाई लिएर ट्रम्पले चाल्ने सम्भावित कदम पनि विश्वका लागि बहुप्रतिक्षित भएको छ ।

यस्तो छ रसियाको प्रतिक्रिया ?

उता युक्रेनसँग युद्ध लडिरहेको क्रेमलिनले डोनाल्ड ट्रम्पको चुनावी जीतले तनावपूर्ण अमेरिका-रूस सम्बन्धमा पार्ने कुनै पनि प्रभावलाई तत्काल अस्वीकार गरेको छ ।

बुधवार पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकासँगको सम्बन्ध योभन्दा बिग्रिने अवस्था नरहेको टिप्पणी गरेका छन् । उनले रिपब्लिकन उम्मेदवारको जितपछि अमेरिकी सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै भनेका छन्, ‘अब यो भन्दा तल झर्ने गरी सम्बन्ध बिग्रन असम्भव छ । उनीहरू इतिहासकै सबैभन्दा तल्लो बिन्दुमा छन् ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई विजयमा औपचारिक रूपमा बधाई दिने विषयमा पनि पेस्कोभले यसबारे आफूलाई थाहा नभएको बताए । उनले थपे, ‘हामी एक शत्रु देशकाबारे कुरा गर्दैछौँ । अप्रत्यक्ष रूपमा अमेरिका हामीविरुद्धको युद्धमा संलग्न छ।’

पेस्कोभले रसियाले अमेरिकी चुनावलाई उसको आन्तरिक मामिलाका रूपमा हेरेको बताए । उनले आधिकारिक नतिजाहरू पुष्टि नभएसम्म र ट्रम्पले जनवरीमा औपचारिक रूपमा पदभार ग्रहण नगरेसम्म कुनै पनि महत्त्वपूर्ण टिप्पणीहरू क्रेमलिनले नगर्ने पनि बताएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पले चुनावी अभियानका क्रममा युक्रेन युद्ध समाप्त गर्नेगरी केही महत्वपूर्ण वक्तव्य दिएको स्मरण गराए । रसियाले चुनावी अभियानका क्रममा ट्रम्पले गरेको घोषणाअनुसार युद्ध रोक्ने दिशामा काम हुने नहुने प्रतिक्षा गर्नुपर्ने पनि जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ७ : १६ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा