सातामा दुई भाग ‘सकस’ ल्याउँदै राजु मास्टर « Khabarhub

सातामा दुई भाग ‘सकस’ ल्याउँदै राजु मास्टर


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समयको हिटमध्ये एक सिरियल ‘सकस’ हप्तामा दुई भाग प्रसारण हुने भएको छ । युट्युबमा दर्शकबाट राम्रो साथ पाएको यो सिरियल शनिबार प्रसारण हुँदै आएको छ ।

अहिलेसम्म यस सिरियलको ५१ भाग प्रसारण भइसकेको छ । आगामी शनिबार यस सिरियल प्रसारणको वर्ष दिन पुग्दैछ अर्थात ५२ औँ भाग प्रसारण हुनेछ ।

आगामी साता देखि सातामा दुई भाग प्रसारण गर्ने योजनामा सिरियलका निर्देशक तथा लेखक राजु पौडेल ‘राजु मास्टर’ छन् । अबदेखि उक्त सिरियल दर्शकले मंगलबार र शनिबार हेर्न पाउने छन् ।

उनी भन्छन्, ‘५२ औं भाग मंगलबार प्रसारण हुन्छ । ५४ औं भाग शनिबार प्रसारण हुन्छ । दर्शकले हरेक साता दुई नयाँ भाग हेर्न पाउनुहुन्छ ।’

दर्शकको मागअनुसार सातामा दुई भाग प्रसारण गर्ने योजनामा पुगेको निर्देशक पौडेल बताउँछन् । उनी थप्छन्, ‘३५ मिनेट हेर्न हामीले एक साता कुर्नुपर्ने, सातामा दुई पटक सिरियल चाहियो भन्ने माग दर्शकले गरेकाले यो निर्णय भएको हो ।’

दर्शकको मागकै कारण नयाँ सिरियलको काम स्थगन गरि सातामा दुई पटक ‘सकस’ ल्याउने तयारीमा जुटेको उनी बताउँछन् ।

यस सिरियलमा पौडेलसहित तारा केसी, श्रीप्रसाद थापा, विनोद श्रेष्ठ, मुकेश हमाल, अन्जु निरौला, कमला रेग्मी, अमृत श्रेष्ठ, कृष्ण रेग्मी, राजु कार्की, लक्ष्मण चौलागाईं लगायतको अभिनय छ ।

यो सिरियल हिमालय टेलिभिजन र युट्युबमा ‘मास्टर टीभी’मा प्रसारण हुँदै आएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ८ : २४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया