न्युयोर्क प्रहरीलाई झुक्याएको त्यो हत्याकाण्ड « Khabarhub

न्युयोर्क प्रहरीलाई झुक्याएको त्यो हत्याकाण्ड


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अहिले न्युयोर्कको प्रहरी एक इन्सुरेन्स कम्पनीका मालिकको हत्यामा संलग्न शङ्कास्पद व्यक्तिको खोजीमा सक्रिय छ। ती व्यक्तिको मास्क नलगाइएको फोटो पनि सार्वजनिक भएको छ। मानहटन मिडटाउनको हिल्टन होटेलमा बसेका उनको ढाडमा गोली प्रहार गरी हत्या गरिएको थियो। प्रहरीको अनुसार सो हत्या लुटपाटका लागि नभएर पुरानो कुनै योजना अनुसार भएको थियो।

अनुसन्धानमा संलग्न प्रहरीले फोटो सार्वजनिक गरेका छन्। प्रमाण जम्मा गर्नेक्रम जारी नै छ। तर ती हत्याराको बारेमा अहिलेसम्म कुनै टुङ्गो लाग्न सकेको छैन।

लगानीकर्ताको सम्मेलनमा मन्तव्य राख्ने तयारीको क्रममा रहेका उनी दिउँसो कार्यक्रममा जाने तरखरमा थिए। थोम्सनलाई हिल्टन होटेलको बाहिर एक कालो मास्क लगाएको तथा क्रिम कलरको ज्याकेट लगाएको व्यक्तिले कुरी रहेको दृश्य देखिन्छ।

ढाडको पछाडि गोली लागेपछि उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा आधा घण्टापछि उनलाई मृत घोषित गरिएको हो।

सिसिटिभीमा फुटेजका अनुसार बन्दुकमा साइलेन्सर समेत जडान गरिएको थियो। प्रहरीले पत्ता लगाए अनुसार त्यो पेस्तोल दोस्रो विश्वयुद्धकालीन समयको थियो। प्रहरीले सो बन्दुक खरिद गरिएको स्थान पत्ता लगाउन बन्दुक पसलमा निगरानी गरिरहेको छ।

पैतालामा सम्पूर्ण कुरा पत्ता लगाउन प्रहरीले छानबिन गरेपछि इलेक्ट्रिक सिटी बाइक प्रयोग गरेको थाहा भएको छ। यस अनुसन्धानमा केही नयाँ क्लु पत्ता लगाएको जनाइएको छ। प्रहरीले दुई मास्क नलगाएको भिडियो सार्वजनिक गरेको छ। बिहीबार दुई तस्बिर सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार ती व्यक्तिले होटेलमा नक्कली आइडी प्रयोग गर्ने गरेकोसमेत पत्ता लगाएको छ। प्रहरीले सुरुवातमा उनले मास्क लगाएको तस्बिर सार्वजनिक गरेको थियो। विशेष प्रविधिमार्फत त्यसै तस्बिरमा मास्क उतारेर बिना मास्कको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको हो। तर अझैसम्म अभियुक्त भने भेटिएका छैनन्।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ६ : १३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य