न्युयोर्क प्रहरीलाई झुक्याएको त्यो हत्याकाण्ड | Khabarhub Khabarhub

न्युयोर्क प्रहरीलाई झुक्याएको त्यो हत्याकाण्ड


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अहिले न्युयोर्कको प्रहरी एक इन्सुरेन्स कम्पनीका मालिकको हत्यामा संलग्न शङ्कास्पद व्यक्तिको खोजीमा सक्रिय छ। ती व्यक्तिको मास्क नलगाइएको फोटो पनि सार्वजनिक भएको छ। मानहटन मिडटाउनको हिल्टन होटेलमा बसेका उनको ढाडमा गोली प्रहार गरी हत्या गरिएको थियो। प्रहरीको अनुसार सो हत्या लुटपाटका लागि नभएर पुरानो कुनै योजना अनुसार भएको थियो।

अनुसन्धानमा संलग्न प्रहरीले फोटो सार्वजनिक गरेका छन्। प्रमाण जम्मा गर्नेक्रम जारी नै छ। तर ती हत्याराको बारेमा अहिलेसम्म कुनै टुङ्गो लाग्न सकेको छैन।

लगानीकर्ताको सम्मेलनमा मन्तव्य राख्ने तयारीको क्रममा रहेका उनी दिउँसो कार्यक्रममा जाने तरखरमा थिए। थोम्सनलाई हिल्टन होटेलको बाहिर एक कालो मास्क लगाएको तथा क्रिम कलरको ज्याकेट लगाएको व्यक्तिले कुरी रहेको दृश्य देखिन्छ।

ढाडको पछाडि गोली लागेपछि उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा आधा घण्टापछि उनलाई मृत घोषित गरिएको हो।

सिसिटिभीमा फुटेजका अनुसार बन्दुकमा साइलेन्सर समेत जडान गरिएको थियो। प्रहरीले पत्ता लगाए अनुसार त्यो पेस्तोल दोस्रो विश्वयुद्धकालीन समयको थियो। प्रहरीले सो बन्दुक खरिद गरिएको स्थान पत्ता लगाउन बन्दुक पसलमा निगरानी गरिरहेको छ।

पैतालामा सम्पूर्ण कुरा पत्ता लगाउन प्रहरीले छानबिन गरेपछि इलेक्ट्रिक सिटी बाइक प्रयोग गरेको थाहा भएको छ। यस अनुसन्धानमा केही नयाँ क्लु पत्ता लगाएको जनाइएको छ। प्रहरीले दुई मास्क नलगाएको भिडियो सार्वजनिक गरेको छ। बिहीबार दुई तस्बिर सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार ती व्यक्तिले होटेलमा नक्कली आइडी प्रयोग गर्ने गरेकोसमेत पत्ता लगाएको छ। प्रहरीले सुरुवातमा उनले मास्क लगाएको तस्बिर सार्वजनिक गरेको थियो। विशेष प्रविधिमार्फत त्यसै तस्बिरमा मास्क उतारेर बिना मास्कको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको हो। तर अझैसम्म अभियुक्त भने भेटिएका छैनन्।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ६ : १३ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले