चितवन राइनोजद्वारा कर्णाली याक्स सामु १३१ रनको लक्ष्य प्रस्तुत | Khabarhub Khabarhub

चितवन राइनोजद्वारा कर्णाली याक्स सामु १३१ रनको लक्ष्य प्रस्तुत


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्स सामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तराष्ट्रिय खेल मैदानमा सुरु भएको खेलमा टस हारेर आमन्त्रणमा पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा मात्र १३० रन बनाएको छ ।

 चितवन राइनोजका लागि रवि बोपाराले ४० बलमा सर्वाधिक ५९ रन बनाएर अविजित रहे । कुशल मल्लले २३ रन बनाए ।

कर्णाली याक्सका लागि बिपिन शर्माले ३ विकेट लिए । जिशान मकसुदले २ विकेट लिए । कप्तान सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।

यसअघिका सम्पूर्ण खेल गुमाएको कर्णालीले शुक्रबार दुई खेलाडीलाई परिवर्तन गरेको थियो । उसले बाबर हायत र भुवन कार्कीको स्थानमा युनिस विक्रम सिंह ठकुरी र र विल बसिस्टोलाई मैदानमा उतारेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १० : ४५ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने