कार्बन आम्दानीको रकम नवीकरणीय उर्जा प्रवर्द्धनमा  « Khabarhub

कार्बन आम्दानीको रकम नवीकरणीय उर्जा प्रवर्द्धनमा 


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नवीकरणीय उर्जा प्रवर्द्धनमा लगाउने भएको छ ।

वैकल्पिक उर्जा विकास समितिका अध्यक्ष एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको अध्यक्षतामा वैकल्पिक उर्जा विकास समितिको बिहीबार साँझ बसेको बैठकले नवीकरणीय उर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो ।

बैठकले कार्बन आम्दानीलाई घरायसी, सामुदायिक एवम् ठूला वायोग्याँस, सौर्य सिँचाइ, लघु तथा साना जलविद्युत, घरायसी तथा संस्थागत विद्युतीय चुल्हो प्रवर्द्धन तथा नवीकरणीय उर्जा प्रविधिको मर्मत सम्भार र क्षमता अभिवृद्धिमा लगाउने निर्णय गरेको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए।

यस्तै, बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग (निवारण) आचार संहिता, २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ । साथै, केन्द्रअन्तर्गत सञ्चालित हरित जलवायु कोषको कार्यक्रमको प्रभाव मूल्यांकन गर्न प्राविधिक सहयोगका लागि हरित जलवायु कोषसँग समझदारी पत्रमा हस्ताक्षर गर्न केन्द्रका कार्यकारी निर्देशकलाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा समितिका अध्यक्ष एवम् उर्जामन्त्री खड्काले स्वदेशमा विद्युत् खपत वृद्धि गर्ने सरकारले लिएको लक्ष्य पुरा गर्नका लाई केन्द्रले नयाँ सोच एवम् कार्यक्रम ल्याउन जरुरी रहेको बताएको मन्त्री खड्काको भनाई उद्धृत गर्दै बैठकमा सहभागी केन्द्रका नायव कार्यकारी निर्देशक डा नारायण अधिकारीले जानकारी दिए।

यस्तै, बैठकले सन् २०२५ को जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय स्वच्छ उर्जा दिवस’ मनाउने प्रस्ताव स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ देखि उक्त दिवस मनाउने घोषणा गरेको थियो ।

 उर्जामन्त्री खड्काले घरायसी प्रयोजनमा प्रयोग भइरहेको एलपिजी ग्याँसलाई विस्थापनको लागि विभिन्न खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि र विद्युतीय चुलोलाई थप प्रभावकारी एवम् व्यापक रूपमा विस्तार गर्ने कार्यक्रम ल्याउन केन्द्रलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १० : ५० बजे

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको

‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेपाल

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत