अर्धशतक बनाउनबाट चुके शिखर धवन « Khabarhub

अर्धशतक बनाउनबाट चुके शिखर धवन


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा भारतीय ब्याटर शिखर धवन अर्धशतक बनाउनबाट चुकेका छन् ।

एनपीएलमामा दोस्रो अर्धशतक बनाउनबाट चुकेका उनी ४१ बलमा ४५ रन हान्दै आउट भए । उनले आफ्नो इनिङमा चार चौका र एक छक्का पनि हानेका छन्  ।

बिहीबार मात्रै कर्णालीको टोलीसँग होटल हिल्टनको छतमा जन्मदिन मनाएका उनले चितवन राइनोजविरुद्धको खेलमा राम्रो प्रदर्शनसहित टोलीलाई जितनजिक लगेर आउट भएका हुन् ।

कर्णालीका लागि एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग कर्णाली याक्स स्तब्ध हुँदा नचलेका शिखरले काठमाडौंविरुद्ध ७२ रन बनाएका थिए ।

कर्णालीका प्रमुख आकर्षक भारतीय चर्चित ब्याटर शिखर धवन पहिलो खेलमा केबल १४ रनमै आउट भएका थिए ।

तर कर्णालीका लागि दोस्रो खेलमा धवनले शानदार ब्याटिङसहित अविजित रहँदै ५१ बलमा ७२ रन हानेका थिए ।

काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिने क्रममा सुरुमा सम्हालिँदै खेलेका शिखरले अन्तिममा विस्फोटक ब्याटिङसहित दर्शकको मन जितेका थिए । यद्यपि यो खेल काठमाडौंले जितेको थियो ।

तेस्रो खेलमा भने कर्णालीले बलिङतर्फ हाबी हुँदै चितवनलाई केबल १३० रनमा समेटेको छ । त्यसपछि जारी जवाफी ब्याटिङमा शिखरले गतिलो प्रदर्शन गरेका हुन् ।

उनले ४५ रन बनाउँदा, देव खनालले २५ र चाडिक वाल्टनले ३० रन बनाएका छन् । अहिले क्रिजमा जिसम मसजुद र अर्जनु घर्ती छन् ।

कर्णालीले  ताजा अवस्थामा १७ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११४ रन बनाएर जित नजिक छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १२ : १५ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार