नर्सिङ सङ्घमा तीन समूहको उम्मेदवारी घोषणा « Khabarhub

नर्सिङ सङ्घमा तीन समूहको उम्मेदवारी घोषणा


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ सङ्घको २०औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तीन समूहले उम्मेदवारी घोषणा गरेका छन् । संयुक्त प्रगतिशील समूह, संयुक्त पेसागत समूह र स्वतन्त्र समूहले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रगतिशील समूहबाट चन्द्रकला शर्मा, पेसागतबाट गङ्गाकुमारी थापा र स्वतन्त्रबाट वसन्ती थापाले उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा रहेका छन् ।

सङ्घको आगामी मङ्सिर २८ गते १४ सदस्यीय कार्यसमिति र तीन सदस्यीय नर्सिङ परिषद्को निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा देशभरिका २० स्थानमा १५ हजार पाँच सय ४९ जना मतदाताले सहभागिता जनाउने नर्सिङ सङ्घले जनाएको छ ।

प्रगतिशील समूहकी अध्यक्ष पदका उम्मेदवार शर्माले आफ्नो समूहसँग सङ्घलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्ने योजनासहितको लक्ष्य रहेको बताइन् । उनले नर्सिङ पेसामा रहेका समस्या समाधान गरी श्रमको उच्च सम्मान गर्ने, कामअनुसारको पारिश्रमिक उपलब्ध गराउनेमा प्रगतिशील समूह प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

शर्माले सुत्केरी भएको दुई वर्षसम्म र ५० वर्ष नाघेका नर्सलाई रात्रिकालीन ‘ड्युटी’ गर्न नलगाउने नीतिगत व्यवस्थाका लागि पहल गर्ने, नर्स तथा महिला कार्यरत रहेका सबै संस्थामा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउनेलगायत २८ बुँदे प्रतिबद्धता घोषणा गरिन्  ।

प्रगतिशील समूहबाट वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा देवकाकुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसादेवी अधिकारी रहेका छन् । सदस्यमा मेनका पोखरेल, हरिप्रसाद कोजु, कला बस्याल गुरुङ, कोपिला विश्वकर्मा, पासपति अग्रवाल, सवेनाज वेगम, जानुका मोक्तान, शान्तिकुमारी विश्वकर्मा रहेका छन् । नर्सिङ परिषद् सदस्यमा राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारी रहेका छन् ।

पेसागत समूहकी अध्यक्ष पदकी उम्मेदवार थापाले विदेश पलायनको अवस्थालाई रोक्ने तथा स्वास्थ्य ऐनमा भएका विभेदकारी व्यवस्थालाई सुधार्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले निजी क्षेत्रमा दक्ष जनशक्तिलाई पनि न्यून पारिश्रमिकमा काम लगाइएको पाइएको भन्दै श्रमको सम्मान हुने किसिमले पारिश्रमिक उपलब्ध गराउन आफूले पहल गर्ने बताइन् ।

पेसागत समूहबाट वरिष्ठ उपाध्यक्षमा कल्पना श्रेष्ठ जोशी, उपाध्यक्षमा मनिषा कोइराला, महासचिव मीनाकुमारी कार्की, सचिवमा जया मिश्रा, कोषाध्यक्षमा रमादेवी पहाडी रहेका छन् । सदस्यमा सानुकुमारी विष्ट, रुपादेवी थापा, रति पक्वाङ्ग, निशा विक, अञ्जु ठाकुर, जाफ्रे आलम अन्सारी, सफला बुढाथोकी र सीताकुमारी प्याकुरेल र परिषद् सदस्यमा ज्ञानु महर्जन, मित्रा देवकोटा र सरला केसी रहेका छन् ।

स्वतन्त्र समूहकी अध्यक्ष पदकी उम्मेदवार थापाले पेसागत क्षमता तथा दक्षता बढाउँदै सेवाको गुणस्तर विकासमा आफूले ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ५६ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ