पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितको अर्धशतक « Khabarhub

पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितको अर्धशतक


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल अर्धशत प्रहार गरेका छन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले ३३ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । रोहितले ३९ बलमा ६१ रन जोडेका हुन् । उनले ७ चौका र एक छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।

यसअघि लुम्निबीका दुवै ओपनर आशुतोष घिरिया र उन्मुक्त चन्द शून्यमै आउट भएका थिए । आशुतोषको विकेट गुमेपछि रोहित मैदान छिरेका थिए । दुवै ओपनर आउट भएपछि दबाबमा परेको लुम्बिनीको स्कोर रोहितले उकासेर १०० रन कटाइसकेका छन् ।

कीर्तिपुर मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ राजेको हो । रोहितलाई अहिले क्रिजमा टोम मुरेसले १८ बलमा २३ रन बनाएर साथ दिइरहेका छन् ।

जारी प्रतियोगिताको यो दशौं अर्धशतक हो । यसअघि चितवनका रवि बोपाराले दुई अर्धशतक र ब्रान्डन म्याकमुलेन, लोकेश बम, शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका थिए ।

कीर्तिपुर मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ राजेको हो ।

तस्बिहरू : चिरायु शाक्य

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ५५ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई