पुष्पा२ ले तोड्दै बलिउडका रेकर्ड, शाहरुखको ‘जवान’लाई पछि पार्‍यो « Khabarhub

पुष्पा२ ले तोड्दै बलिउडका रेकर्ड, शाहरुखको ‘जवान’लाई पछि पार्‍यो


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- बहुप्रतितिक्ष दक्षिण भारतीय फिल्म पुष्पा २ ले अहिलेसम्मका सबै रेकर्ड तोड्न थालेको छ ।

५ डिसेम्बरमा विश्वभर एकसाथ रिलिज यो फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहाद फासिलको अभिनय हेर्न पाइन्छ ।

पुष्पा २ अहिले भारत र नेपालसहित विश्वभरका सिनेमा हलमा लागिसकेको छ । जहाँ फिल्म विश्लेषकहरूले यस फिल्मको प्रशंसा गर्दै पैसा पूरा चुक्ता गर्ने बताएका छन् ।

बक्स अफिसमा पनि पुष्पाले रेकर्डतोड कमाइ गर्न थालेको छ । पहिलो दिनको कमाइको कुरा गर्ने हो भने केवल तेलुगुको मात्रै नभएर हिन्दीमा पनि अनेक रेकर्ड बनाएको छ । यस फिल्मले शाहरूख खान अभिनित जवानलाई पनि पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै ओपनर गर्ने फिल्म बनेको छ ।

बक्स अफिस ट्र्याकर स्याकनिल्कको शुरूवाती आँकडाअनुसार, पुष्पा २ ले पहिलो दिन भारतमा १६५ करोड कमाएको छ । उता तेलुगुमा भने यो फिल्म एक दिन पहिले रिलिज भएको थियो ।

भारतमा पुष्पा २ को पहिलो दिनको समग्र कमाई १ अर्ब ७५ करोड १० लाख रुपैयाँ भएको छ । जसमा ९५.१ करोड तेलुगुमा, ६७ करोड हिन्दीमा, ७ करोड तमिलमा, कन्नडमा १ करोड र मलयालममा ५ करोड यो फिल्मले कमाएको छ ।

यसका अलावा फिल्म विश्लेषक मनोबाला विजयाबालनले एक्समा एक ट्वीट शेयर गर्दै टलिउडले बलिउडलाई पछारिदिएको बताएका छन् ।

पुष्पा २ को हिन्दी भर्जनले ६५.३५ करोडको नेट कलेक्शनसहित जवान हिन्दीको १ दिनको बक्स अफिसलाई पछि पार्दै सबैभन्दा कमाइ गर्ने फिल्म बनेको हो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  २ : ५३ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड