एनपीएल : कम बलमा अर्धशतक पूरा गर्ने खेलाडी बने एन्ड्रिज « Khabarhub

एनपीएल : कम बलमा अर्धशतक पूरा गर्ने खेलाडी बने एन्ड्रिज


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर ब्याटर एन्ड्रिज गौसले अर्धशतक प्रहार गरेका छन् ।

अमेरिकाका ब्याटरसमेत रहेका उनले २० बलमा ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् ।

यससँगै जारी एनपीएलमा एन्ड्रिज सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले २० बलमा ५२ रन बनाएका हुन् ।

यसअघि प्रतियोगितामा सूदरपश्चिका कप्तान दीपेन्द्रसिंह ऐरीले कम बल २३ बलमा अर्धशतक हानेका थिए । उनले २३ बलमा विराटनगर किङ्सविरुद्ध अर्धशतक पूरा गरेका थिए ।

जारी एनपीएलमा एन्ड्रिज अर्धशतक प्रहार गर्ने दशौं खेलाडी बनेका छन् । यसअघि चितवनका रवि बोपाराले दुई अर्धशतक प्रहार गरिसकेका छन् । रोहित पौडेल ब्रान्डन म्याकमुलेन, लोकेश बम, शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका थिए ।

कीर्तिपुर मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ राजेको हो । पोखराले १७१ रनको लक्ष्य पछ्याइरहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ३ : ३६ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले