‌ओपनर एन्ड्रिज र दिनेशले दिलाए पोखरालाई पहिलो जित, रोहितको ९५ रनले जोगिएन लुम्बिनी « Khabarhub

‌ओपनर एन्ड्रिज र दिनेशले दिलाए पोखरालाई पहिलो जित, रोहितको ९५ रनले जोगिएन लुम्बिनी


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले ओपनर एन्ड्रिज गौस र दिनेश खरेलको उत्कृष्ट साझेदारी सहयोगमा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित नेकालेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर १७१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका उत्रिएको पोखराले विकेट नगुमाई १७६ रन बनाएको हो ।

पोखराका आपेनरहरूले विस्फोटक ब्याटिङ गर्दा लुम्बिनीविरुद्ध सहज जित निस्किएको हो । एन्ड्रिज र दिनेशले पावर प्लेमा ८० रनको साझेदारी गरे ।

जारी प्रतियोगिताको पावर प्लेमा बनेको यो सबैभन्दा बढी रन हो । यसअघि पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पावर प्लेमा १ विकेटको क्षतिमा ६२ रन बनाएको थियो ।

त्यस्तै, जारी प्रतियोगितामा एन्ड्रिज र दिनेशको यो सबैभन्दा बढी १७६ रनको साझेदारी हो ।

यही खेलमा पोखराका ब्याटर एन्ड्रिजले प्रतियोगिताको पहिलो शतक प्रहार गरे । अर्को ओपनर दिनेशले खरेलको पनि अर्धशतक प्रहार गरे । ४ चौका र ४ छक्काको सहयोगमा उनले ४६ बलमा ६१ रन प्रहार गरे ।

जारी प्रतियोगिता एकै टिमका खेलाडीले शतक र अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।

पोखराले एनपीएलमा दुई खेल खेलेको छ । पहिलो खेलमा उसलाई चितवन राइनोजले ७० रनले हराएको थियो ।

उता लुम्बिनीले भने लगातार दोस्रो हार भोगेको छ । पहिलो खेलमा उसलाई विराटनगरले सर्वाधिक १९२ रनको चुनौती पछ्याउँदै निराश पारेको थियो ।

तस्बिर : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ४ : ०२ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित