‌ओपनर एन्ड्रिज र दिनेशले दिलाए पोखरालाई पहिलो जित, रोहितको ९५ रनले जोगिएन लुम्बिनी | Khabarhub Khabarhub

‌ओपनर एन्ड्रिज र दिनेशले दिलाए पोखरालाई पहिलो जित, रोहितको ९५ रनले जोगिएन लुम्बिनी


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले ओपनर एन्ड्रिज गौस र दिनेश खरेलको उत्कृष्ट साझेदारी सहयोगमा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित नेकालेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर १७१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका उत्रिएको पोखराले विकेट नगुमाई १७६ रन बनाएको हो ।

पोखराका आपेनरहरूले विस्फोटक ब्याटिङ गर्दा लुम्बिनीविरुद्ध सहज जित निस्किएको हो । एन्ड्रिज र दिनेशले पावर प्लेमा ८० रनको साझेदारी गरे ।

जारी प्रतियोगिताको पावर प्लेमा बनेको यो सबैभन्दा बढी रन हो । यसअघि पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पावर प्लेमा १ विकेटको क्षतिमा ६२ रन बनाएको थियो ।

त्यस्तै, जारी प्रतियोगितामा एन्ड्रिज र दिनेशको यो सबैभन्दा बढी १७६ रनको साझेदारी हो ।

यही खेलमा पोखराका ब्याटर एन्ड्रिजले प्रतियोगिताको पहिलो शतक प्रहार गरे । अर्को ओपनर दिनेशले खरेलको पनि अर्धशतक प्रहार गरे । ४ चौका र ४ छक्काको सहयोगमा उनले ४६ बलमा ६१ रन प्रहार गरे ।

जारी प्रतियोगिता एकै टिमका खेलाडीले शतक र अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।

पोखराले एनपीएलमा दुई खेल खेलेको छ । पहिलो खेलमा उसलाई चितवन राइनोजले ७० रनले हराएको थियो ।

उता लुम्बिनीले भने लगातार दोस्रो हार भोगेको छ । पहिलो खेलमा उसलाई विराटनगरले सर्वाधिक १९२ रनको चुनौती पछ्याउँदै निराश पारेको थियो ।

तस्बिर : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ४ : ०२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग