कोलकातामा नेपालका सुन्तलाको प्रदर्शनी (तस्बिरहरु) « Khabarhub

कोलकातामा नेपालका सुन्तलाको प्रदर्शनी (तस्बिरहरु)


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कोलकाता– पश्चिम बंगालको  कोलकातामा शुक्रबारदेखि छैठौ सुन्तला महोत्सव शुरु भएको छ । महोत्सवमा नेपाल, भारत र भुटानमा उत्पादित सुन्तला बिक्रीका लागि राखिएको छ ।

एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमकाे आयोजनामा प्रत्येक दुई वर्षमा सुन्तला महोत्सव आयोजना हुँदै आएको छ ।

महोत्सवको उद्घाघटन पश्चिम बंगाल सरकारका बरुणयन्त्र मन्त्री राजीव बोसले गरे।  सुन्तला महोत्सवले कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ का लागि महत्त्वपूर्ण बन्न सक्ने जनाइएको छ। पर्यटन कार्यालय काँकडभिट्टाका अधिकृत निरोज कट्टेललेआगामी भ्रमण वर्षमा लाखौँ भारतीय पर्यटक भित्र्याउन यो महोत्सव प्रभावकारी बन्ने बताए ।

महोत्सवमा पूर्वका इलाम, धनकुटा, ताप्लेजुङ, पाँचथर, लगायत विभिन्न जिल्लाका  सुन्तला, अलैँची, एभोकाडो, किवी, बेलिचन्द लगायतका स्थानीय उत्पादनका आधा  दर्जन बढी  स्टल राखिएको छ।

कोलकाताको सल्टलेक सिटी सेन्टर क्षेत्रमा तीन दिनसम्म जारी रहने महोत्सवमा नेपालका होटल, होमस्टे ब्यवसायी, किसान, कलाकार लागायत २ सय जना सहभागी छन्। महोत्सवमा नेपाली सुन्तला चाख्नेको भीड लागेको छ। संगै किजी, एभोकाडो लगायतका फलहरु प्रति बंगाली ग्राहकहरू झुम्मिएका छन् ।

हेर्नुहोस्  तस्बिरहरु : 

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ६ : ३२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।