बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौँ : मुख्यमन्त्री कार्की « Khabarhub

बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौँ : मुख्यमन्त्री कार्की


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि-विशेष ध्यान दिने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायको आयोजनामा नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले आजका बालबालिका भोलिका मुलुकका कर्णधार भएकाले उनीहरूको विकासका लागि राज्यले बनाउने नीति तथा कानुन निर्माणमा आवश्यक सुझावका लागि विज्ञहरूसँग आग्रह गरे।

उनले विगतमा राजनीतिक अस्थिरताका कारण बालबालिकाको विकासका लागि निर्माण गरेको कानुन कार्यान्वयनमा समस्या उत्पन्न भएको धारणा व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले विगतमा आफूले विद्यालयका युवालाई देश सेवा, अनुशासित बनाउन, दुर्व्यसनीबाट टाढा राख्न दुई हजार विद्यालयमा सगरमाथा टिन्स क्लबमार्फत कार्यक्रम सञ्चालन गरेको स्मरण गरे । उनले सम्मेलनमा निस्कने निष्कर्ष सरकारका लागि पथप्रदर्शक हुने भएकाले उपलब्ध गराउन आग्रह गरे ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले बालबालिकालाई असल नागरिक निर्माणमा सरकार संवेदनशील रहेको विचार राखे । उनले कार्यक्रमबाट निस्केको निचोडले बालबालिकाको विकासको नीति, योजना र कार्यक्रम बनाउन सहयोगी हुने टिप्पणी गरे ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा विजुकुमार थपलियाले यस प्रकारको कार्यक्रमलाई भविष्यमा निरन्तरता दिने प्रतिबद्धता जनाए । प्राध्यापक करेन ग्राहम, चिरश्री घोष, डा मिनाक्षी दाहाल,  डा अरुण उप्रेतीले प्रारम्भिक बाल विकास र यसको इकोसिस्टमका विषयमा मन्तव्य राखेका थिए ।

विभिन्न चार वटा सत्रमा प्रारम्भिक बाल विकास इकोसिस्टमको विषयमा अनुसन्धानात्मक लेखहरूको प्रस्तुति र छलफल भएका छन् । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स, अमेरिका, बेलायतलगायत तीन सयभन्दा बढीको सहभागिता छ ।

सम्मेलनमा प्राध्यापक, शिक्षक, अनुसन्धाता, विषय विज्ञ, चिकित्सक, विद्यार्थीलगायत सहभागिता रहेको कला सङ्कायका डिन डा अनिलकुमार पोखरेलले जानकारी दिए ।

सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बाल विकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरूले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको डीन  पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ७ : ११ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स