पुटिनले डिसेम्बर १९ मा वार्षिक पत्रकार सम्मेलन गर्ने « Khabarhub

पुटिनले डिसेम्बर १९ मा वार्षिक पत्रकार सम्मेलन गर्ने


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर १९ मा आफ्नो वार्षिक पत्रकार सम्मेलन गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले शुक्रबार टेलिभिजन टिप्पणीमा भनेका छन् । पत्रकार सम्मेलनमा विदेशी मिडियाको समेत सहभागिता हुनेछ ।

टेलिभिजनमा प्रसारण गरिने म्याराथन कार्यक्रम अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पदभार ग्रहण गर्नुभन्दा एक महिनाअघि र रुसी सेनाले युक्रेनमा प्रगति गरिरहेको बेला हुनेछ ।

पुटिनले पत्रकारहरूको प्रश्नहरूको जवाफ दिने र जनताका सदस्यहरूबाट फोन कल स्वीकार गर्ने कार्यक्रमलाई ‘भ्लादिमिर पुटिनसँग वर्षको परिणाम’ भनिने पेसकोभले जानकारी दिए ।

रुसले गत वर्ष रुसमा काम गर्ने विदेशी पत्रकारहरूलाई प्रतिबन्ध र प्रवेश रोक लगाएको थियो । यसलाई रुसले ‘पारस्परिक कदम’ का रूपमा व्याख्या गर्दछ । तर पेसकोभले अन्तर्राष्ट्रिय मिडिया सहभागी हुनसक्ने पुष्टि गरे ।

‘सङ्घीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मिडियाका पत्रकारहरूलाई मान्यता दिइनेछ’, उनले भने ।

पेसकोभका अनुसार अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरू ‘मुख्यतया रुसमा हालको मान्यताअन्तर्गत काम गर्ने विदेशीहरू हुनेछन् । अन्य केही पश्चिमी मिडिया पनि उपस्थित हुनेछन् ।

राज्य समाचार संस्था तासका अनुसार कार्यक्रम मस्को समय अनुसार दिउँसो १२ बजे सुरु हुनेछ । गत वर्षको कार्यक्रमले चार घण्टाभन्दा बढी समय लिएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ७ : १५ बजे

आजको मौसम : कोशी, मधेस र बागमतीसहितका प्रदेशमा आंशिक बदली हुने

काठमाडौँ– हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल, पाँच करोड पाँच लाखमा भएको थियो ठेक्का सम्झौता

मुस्ताङ– मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु

हरिबोधिनी एकादशीकै दिन किन गरिन्छ तुलसी विवाह ?

काठमाडौं– आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल)

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी