कांग्रेस अहिलेसम्म बीपीकै विचारमा हिँडेको छ : गृहमन्त्री | Khabarhub Khabarhub

कांग्रेस अहिलेसम्म बीपीकै विचारमा हिँडेको छ : गृहमन्त्री


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

धरान– गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस बीपी कोइरालाको विचारमा आधारित रहेको बताएका छन् ।

शुक्रबार धरानमा लेखक तथा साहित्यकार गिरीराज आचार्यद्वारा लिखित ‘बीपीका साहित्यिक विचारहरू’पुस्तक विमोचन कार्यक्रममा उनले कांग्रेस बीपीको विचारमा हिँडिरहेको बताएका हुन् ।

उनले कांग्रेस बलियो भए लोकतन्त्र पनि बलियो हुने दाबी गरे । ‘कांग्रेस आज सबैभन्दा ठूलो राजनीति दल हो । विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ ।जनताको माया र स्नेह कांग्रेसले हमेसा बचाइराख्नु पर्छ’, उनले भने।

यस्तै कांग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेको उनले बताए ।

‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेको होइन’, उनले भने, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो।’

धरानको विकासका लागि मदन भण्डारी राजमार्ग र किमाथांकाको सडक बाइपास गरि अगाडि बढाउने निर्णय ७ वर्षअघि आफू भौतिक पूर्वाधार मन्त्री हुँदा भएको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता उनले गरे ।

‘आज मदन भण्डारी राजमार्गको काम अगाडि बढेको छ । किमाथांकाको काम अगाडि बढेको छैन । यसलाई सरकारले उच्च प्राथमिकता राखेको छ । धरानको विकास गर्दै जाने प्रतिबद्धता गर्दछु ।’

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ७ : ४८ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको