बढी धान उत्पादन गर्ने तीन किसान पुरस्कृत « Khabarhub

बढी धान उत्पादन गर्ने तीन किसान पुरस्कृत


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दाङ – राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई आज एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा वडा नं ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल प्रथम, वडा नम्बर ७ भानपुरका राजकुमार चौधरी द्वितीय र वडा नं ६ बगरापुरका हरिचन्द्र चौधरी तृतीय भएका हुन् ।

पालिकाका कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १२ हजार, रु १० हजार र रु आठ हजार नगदसहित एक एकवटा कृषि औजार फरुवा प्रदान गरी सम्मान गरिएको बताए ।

प्रक्रिया पु¥याएर आवेदन दिएका १६ जना कृषकबीच प्रतिस्पर्धा भएको थियो । पालिकाले कार्यविधि नै बनाएर प्रतियोगितामार्फत छनोट भएका किसानलाई सम्मान गरेको हो ।

कृषि पेसालाई मर्यादित बनाउन र कृषि पेसाप्रति आकर्षण बढाउन प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ३७ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई