एनपीएल : विराटनगरविरुद्ध कर्णालीका ओपनर देव खनालको अर्धशतक « Khabarhub

एनपीएल : विराटनगरविरुद्ध कर्णालीका ओपनर देव खनालको अर्धशतक


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

तस्बिर : चिरायु शाक्य ।

काठमाडौं – नेपाल प्रिमियर लिग (एपीएल) अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको खेलमा कर्णाली याक्सका ओपनर देव खनालले विराटनगर किङ्ग्सविरुद्ध अर्धशतक बनाएका छन्‌ ।

टस हारेर विराटनगरविरुद्ध ब्याटिङ थालेको कर्णालीका ओपनर खनालले ४० बलमा ५० रन बनाएका हुन्‌ । उनी एनपीएलमा अर्धशतक बनाउने १३औं खेलाडी बनेका छन्‌ ।

खनालले ४८ बलमा कुल ५३ रन बनाउँदै १५.३ ओभरमा कर्णालीको विकेट गुमाए । उनी बसिर अहमदको बलमा आउट भएका हुन्‌ । चार चौका र दुई छक्का प्रहार गरेका खनाल कर्णालीबाट अर्धशतक बनाउने दोस्रा ब्याट्सम्यान हुन्‌ । खनालअघि कर्णालीका शिखर धवनले काठमाडौं गुर्खाजविरुद्धको खेलमा मंसिर १९ गते अर्धशतक बनाएका थिए ।

१८.३ ओभरको खेल सकिँदा विराटनगरविरुद्ध कर्णाली याक्सले पाँच विकेट गुमाएर १२५ रन बनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  २ : २६ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का