कैलालीको पुरैनाताल स्थानीयवासीको अतिक्रमणमा | Khabarhub Khabarhub

कैलालीको पुरैनाताल स्थानीयवासीको अतिक्रमणमा


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको भजनी नगरपालिका–७  स्थित ऐतिहासिक पुरैनाताल सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ ।

तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैनाताल सुदूरपश्चिमकै ऐतिहासिक ताल रहेको बताए ।

उनले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व सङ्कटमा परेपछि तालको इतिहास नै हराउने अवस्थामा पुगेको बताए । ‘यहाँ बाह्रै महिना सारस पाइन्थ्यो, अन्य प्रजातिका चराले तालको महत्वलाई अझै ऐतिहासिक बनाएको थियो’, उनले भने, ‘त्यो अवस्थामा देखेको तालको आज अस्तित्व खोज्नुपर्ने बेला आएको छ ।’

करिब पाँच सय बिघा क्षेत्रफलमा फैलिएको तालमा माछा, घडियाल, गोही लोपोन्मुख जलचर जनावरसमेत त्यस तालमा पाइन्थ्यो । जलचर जीव पाइने भएकै कारण त्यहाँ चराको सङ्ख्यामा कहिल्यै कमी आउँदैनथ्यो ।

‘अझै अतिक्रमणमा परेको जग्गा खाली गराएर ताललाई पुनर्जीवन दिन सकिने स्थिति छ’, उनले भने, ‘त्यसलाई पुरानै अवस्थाका फर्काउन सक्यो भने भजनीको मात्रै नभई सिङ्गो सुदूरपश्चिममै पर्यटकका लागि राम्रो गन्तव्य बन्न सक्छ ।’

बाह्रै महिना विभिन्न प्रजातिका चरा पाउने उक्त ताल पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण भए पनि २०६४–०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले पुरिएको थियो । ताल पुरिएपछि आसपासमा जग्गा भएका जग्गाधनीले ताल अतिक्रमण गर्दै उपभोग गर्न थालेका बताइएको छ ।

स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनर्जीवन दिन धेरै प्रयास भएका छन् । नगरपालिकाले यसभन्दा पहिले तालको जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद सकिए पनि अतिक्रमणमा परेको जग्गा भने खाली हुनसकेको छैन ।

ताललाई पुनर्संरक्षण गरेर पुरानै अवस्थामा फर्काउँदा भजनी क्षेत्रको सम्भावना बढ्ने स्थानीय वीरबहादुर हमालले बताए ।

अतिक्रमणमा परेको तालको जग्गा खाली गराउन कुनै समस्या नरहेको वडा नं ७ का वडाध्यक्ष अमर कठरियाले बताए । उनका अनुसार तालको उत्खननका लागि आवश्यक बजेट अभावका कारण ताललाई पुरानै अवस्थामा फर्काउन सकिएको छैन । उनले तालको जग्गा अतिक्रमण गर्ने व्यक्ति त्यस आसपासका भएको जनाउँदै स्थानीयका कारण तालको संरक्षणमा समस्या भएको भन्नु गलत भएको बताए ।

विसं २०३६ को नापीले त्यस क्षेत्रमा ६० घरधुरीले प्रतिघरधुरी आठ कठ्ठाका दरले जग्गा प्राप्त गरेका थिए । आज तिनै व्यक्तिबाट त्यो ताल अतिक्रमणमा परेको वडाध्यक्ष कठरियाको भनाइ छ । त्यसबेलाको भूमि आयोगले सुकुम्बासीलाई उपलब्ध गराएको जग्गाको पनि हालसम्म धनीपुर्जा छैन । उनीहरूले भोगचलन भने गर्दै आएका छन् ।

ताल निर्माणका लागि केही वर्ष पहिले तराई भूपरिधि कार्यक्रमले चासो दिएको भए पनि त्यो सफल नभएको वडाध्यक्ष कठरियाको भनाइ छ । पुरैना तालसँग जोडिएको बञ्जरिया ताल रहेको छ । यो तालले नेपाल–भारत सीमाको काम गरेको छ । ताल भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले त्यसलाई फरकरूपमा हेर्ने गरिएको स्थानीय खोजराम चौधरी बताउँछन् ।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : २६ बजे

न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस

काठमाडौं- न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया

ओमसहित ४ अस्पतालको फोहोर संकलनमा रोक

 काठमाडौं- काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर

गृहको दोस्रो पत्रले मिटरब्याजीपीडित वार्तामा बस्न तयार

काठमाडौं– गृह मन्त्रालयले दोस्रो पत्र पठाएपछि मिटरब्याज तथा लघुवित्तपीडितहरु छलफलका

इजरालयमै थन्कियो नेपाली जहाज, मन्त्रीलाई झाडू बोक्दै ठिक्क

नेपाल एयरलाइन्सलाई सरकारले झण्डै ३१ अर्ब लगानी गरेको देखिन्छ ।

प्रथम राष्ट्रपति डा. यादवलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान