राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने « Khabarhub

राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सदस्यका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्दैछ ।

अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगले जनाएको छ ।

पुस २० गते प्रारम्भिक नामावली निकालेको आयोगले हिजोका लागि मतदाता नामावलीमा दाबी, विरोध तथा कुनै त्रुटी भए सच्याउन समय दिए पछि आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

आयोगका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता बिहान १० देखि दिउँसो तीन बजेसम्म हुनेछ । मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजुरी भए पुस २४ गते उजुरी दिन सकिनेछ ।

यस्तै उम्मेदवारको मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा पुस २७ गतेको दिन तोकिएको छ । आयोगले सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

आयोगको निर्वाचन तालिकाअनुसार पुस २८ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । यसैगरी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : ५१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण