आज तरकारी तथा फलफूलको मूल्य कति ? « Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति ?


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, रातो भारतीय आलु ३० रुपैयाँका कारोबार भइरहेको छ ।

यस्तै, स्थानीय काउली १५ रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ, अकबरे हरियो खुर्सानी ५०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

डल्ले भान्टा ४० रुपैयाँ, हरियो धनियाँ ११० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन १०० र नेपाली सुकेको लसुन २६० रुपैयाँ कायम भएको छ ।

यसैगरी, लोकल गाजरको मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ४० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार तोरीको साग ४० रुपैयाँ, रायो साग ३० रुपैयाँ, चमसूर, पालुँगो, मेथीको साग ९० रुपैयाँ, तराई परबर ८० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदिना २२० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, हरियो अंगुर प्रतिकेजी २२० रुपैयाँ, कालो अंगुर ३२० रुपैयाँ, अनार र किबी ३०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ, अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ४३ बजे

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ