अपांगता पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न सम्झौता « Khabarhub

अपांगता पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न सम्झौता


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ– अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र करुणा फाउण्डेसन नेपालबीच सम्झौता भएको छ ।

नगरप्रमुख तीर्थराज भट्टराई र फाउण्डेसनका व्यवस्थापक सन्तोष घिमिरेले सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरेका छन् ।

नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने कार्यक्रम आगामी माघ १ गतेबाट लागू भएर २०८३ साल पुस मसान्तसम्म सञ्चालन हुने सम्झौतामा उल्लेख छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्ने छ ।

यसैबीच कार्यक्रमका अवसरमा नगरपालिकाको ५० प्रतिशत र फाउण्डेसनको ५० प्रतिशत लगानीबाट खरिद गरिएको वाद्यवादनका सामग्री स्थानीय साइनो कला केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

पछि दुई थान गितार उपलब्ध गराउनेगरी तीन थान गितार, एउटा हार्मोनियम, दुईवटा मादल, एउटा तबला, एक दर्जन बाँसुरी, सारङ्गी र किबोर्ड एक–एकवटा हस्तान्तरण गरिएको हो ।

फाउण्डेसनले यसअघि हलेसी तुवाचुङ नगरपालिका र बराहापोखरी गाउँपालिकामा यही कार्यक्रमको सम्झौता गरिसकेका छन् । जिल्लाका तीनवटै स्थानीय तहमा उक्त कार्यक्रम तीन–तीन वर्ष सञ्चालन हुने जनाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढीमा  एक हजार एक सय ८३  अपाङ्गता भएका व्यक्ति छन् । दश स्थानीय तह रहेको जिल्लामा चार हजार नौ सय २२ जना शारीरिकरूपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ४० बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको