गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग « Khabarhub

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धमा सिटको छिनोफानो गर्न सकस भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका चार दलको बैठकमा राष्ट्रियसभामा खाली हुने १९ सिटका लागि छलफल भए पनि निचोडमा पुग्न सकेको छैन ।

आजको छलफलमा कांग्रेसलाई १०, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादीलाई २ र जनता समाजवादी पार्टी (जसपा) लाई १ सिट बाँड्ने खाका तयार भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । तर यो भागबन्डाबारे पार्टीमा पुनः एक पटक छलफल गरेर निर्णय लिने बताइएको छ ।

गठबन्धनको प्रारम्भिक बैठकका नागरिक उन्मुक्ति पार्टी र जनमतलाई १–१ सिट दिने सहमति भएको थियो । तर अन्य दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले पनि सिट मागेपछि काङ्ग्रेसले अडान लिएको हो ।

स्रोतका अनुसार राजमोलाई मनोनीत सांसद दिने पनि छलफल भएको छ । राजमोकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने छलफल चलेको छ ।

माओवादीका महासचिव देव गुरुले भने, ‘खाका बनेको छ । पार्टीमा पनि अन्य साथीहरूसँग सल्लाह गर्नु भनेर दलहरूलाई भनिएको छ ।’ गुरुङले थपे, ‘मिलाउने काम भइरहेको छ । फाइनल निर्णय भएको होइन ।  सहमति कै प्रक्रियामा छ ।’

यसैबीच, सिट नपुगेको भन्दै नेकपा एकीकृत समाजवादी र जसपा बैठक स्थलबाट बाहिरिएका छन् । नेकपा समाजवादीले ३ सिट मागेको छ भने जसपाले २ सिट मागेको छ । 

गठबन्धनमा समाजवादीलाई २ र जसपालाई १ सिट आफ्नो भागको मात्र दिने प्रारम्भिक निर्णय भएपछि असहमति जनाएर बैठकबाट निस्किएका हुन् ।

यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले पनि असहति जनाउँदै भने, ‘मिल्ने कुरा भए पो मिल्नु ।’

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १२ : ३७ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित