चिसोका कारण दिल्लीमा ५ कक्षासम्मका विद्यार्थीको पठनपाठन बन्द | Khabarhub Khabarhub

चिसोका कारण दिल्लीमा ५ कक्षासम्मका विद्यार्थीको पठनपाठन बन्द


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

दिल्ली- चिसो मौसमका कारण भारतको राजधानी नयाँ दिल्लीमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् ।

दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले भनिन्, “चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिल्लीका विद्यालयहरू आगामी ५ दिन बन्द रहनेछन् ।”

दिल्ली सरकारले अघिल्लो आदेशमा ‘अत्यधिक शीतलहर’ र राष्ट्रिय मौसम विज्ञान विभागले दिएको चिसो मौसम हुने पूवानुमानको चेतावनी’ लाई ध्यानमा राख्दै राष्ट्रिय राजधानी क्षेत्र (एनसीटी) का सबै सरकारी सहायता प्राप्त, गैर–सहायता प्राप्त र सरकारी मान्यता प्राप्त निजी विद्यालयहरूमा जाडो बिदा जनवरी १० सम्म लम्ब्याएको छ ।

यद्यपि, जारी भएको केही घण्टापछि दिल्ली सरकारले राष्ट्रिय राजधानीभित्रका विद्यालयहरूमा जाडो बिदाको विस्तारसँग सम्बन्धित त्यो आदेश फिर्ता लिएको थियो ।

दिल्ली, पूर्वी राजस्थानका केही भाग, उत्तर पश्चिम राजस्थान, हरियाणा र पञ्जाबका केही भागहरूमा घाम नलाग्दा केही दिनदेखि मौसमको अवस्था अत्यधिक चिसो बनेको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली, पञ्जाब, हरियाणा र राजस्थानमा आगामी एक दिन अत्यधिक चिसोको स्थिति जारी रहने छ । पञ्जाब र हरियाणाका धेरै भागहरूमा अधिकतम तापक्रम ९–१२ डिग्री सेल्सियसको हाराहारीमा रहने छ र उत्तरी राजस्थान, दिल्ली, उत्तर–पश्चिम मध्य प्रदेश र उत्तर प्रदेशका केही भागहरूमा १३–१६ डिग्री सेल्सियसको नजिक रहने छ ।

यी क्षेत्रहरूमा चिसो ४–९ डिग्री सेल्सियसभन्दा कम रेकर्ड गरिएको छ । राजस्थान, पञ्जाब, हरियाणा–चण्डीगढ–दिल्ली, उत्तर प्रदेश, उत्तरपश्चिम मध्य प्रदेश, बिहार र झारखण्डको न्यूनतम तापक्रम ६ देखि १५ डिग्री सेल्सियसको बीचमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  २ : २७ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ