यी हुन् एमालेबाट राष्ट्रियसभाका १९ उम्मेदवार, कहाँबाट को ? « Khabarhub

यी हुन् एमालेबाट राष्ट्रियसभाका १९ उम्मेदवार, कहाँबाट को ?


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभामा पठाउने १९ जना उम्मेदवारहरु टुङ्गो लगाएको छ । पार्टी सचिवालय नेताका अनुसार अध्यक्ष ओलीले नामहरु फाइनल गरेका हुन् ।

एमालेले कोशीमा अन्यबाट भोजपुरका पर्शुराम अधिकारी र महिलाबाट सुनसरीकी रुक्मिणी चौधरीलाई उम्मेदवार बनाउने भएको छ । त्यसैगरी, एमालेले बागमतीबाट अन्यमा चितवनका त्रिलोचन निर्मल पौडेल, महिलामा दोलखाकी रोचकुमारी चौलागाईं, अल्पसंख्यक र अपंगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्माको नाम सार्वजनिक गरेको छ ।

मधेशमा अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषादेवी थरुनीलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी, रष्ट्रियसभामा एमालेका उम्मेदवारहरुमा गण्डकीमा अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा, र अल्पसंख्यक तथा अपांगताबाट मुस्ताङका हेमचन्द्र शेरचन रहेका छन् ।

लुम्बिनीमा अन्यबाट पाल्पाका झपेन्द्रबहादुर घर्ती र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।

उता, कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई एमालेले राष्ट्रियसभामा उम्मेदवार बनाउने भएको हो ।

यस्तै, सुदूरपश्चिममा अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी र महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे रहेका छन् ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार यी नामहरु फाइनल हुन् । उनले खबरहबलाई भने, ‘आइतबार बसेको सचिवालय बैठकले सोमबार मनोनयन गर्ने गरी १९ जना उम्मेदवारको छानेको छ । यी नामहरु फाइनल हुन् ।’

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ४ : ५७ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य